काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताउनु भएको हो ।
आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्रनीति मित्रतामा आधारित हुने पनि स्मरण गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्