काठमाडौं, ३० वैशाख। पोखरा विमानस्थल क्षेत्रमा बम फेला पारेको छ । विमानस्थल प्रवेश गर्ने द्वारमा बम भेटिएपछि विमानस्थल प्रभावित भएको छ ।
बम डिस्पोजल टोलीले काम गरिरहेको छ । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सो विस्फोटक पदार्थ राखेको अनुमान गरिएको छ ।
सो पार्टीले आइतबार नेपाल बन्द आह्वान गरे पनि त्यसको प्रभाव नदेखिँदा जनजीवन आतंकित पार्न बम राखिएको प्रहरी अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्