ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यार्सागुम्बा संकलन शुरु, विद्यालय तीन महिनाका लागि बन्द


एबीसी न्यूज
३१ बैशाख २०७५, सोमबार   ८ : ०२   बजे

बझाङ, ३१ वैशाख।  सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाँै विद्यालय बन्द भएका छन् ।

यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो हाम्रो यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ किनकी यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ भनेको तीन महिनाको यार्सागुम्बा संकलन मात्र हो ।

यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । उक्त लगाइएको रोक आइतबारदेखि खुला भएपछि यहाँका स्थानीय बासिन्दा फेरि पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतर्फ लागेका छन् ।
यस क्षेत्रमा यार्सा संकलन गर्नका लागि सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीय बासिन्दा यार्सा संकलनमा गर्न जाने गर्दछन् । यहाँका ग्रामीण बस्तीका स्थानीयकै आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमूल्य जडीबुटी र यार्सा गुम्बा नै हो । विगतका दिनभन्दा अहिले केही कम मात्रामा यार्सागुम्बा पाइने भएपछि यहाँका स्थानीय चिन्तित भएका छन् ।

स्थानीय रमेश बोहराले भन्नुभयो विगतका दिनमा एक सिजनको एकै परिवारले तीन महिनाको अवधिमा न्यूनतम एक केजीदेखि दुई÷तीन केजीसम्म संकलन गर्दै आएका थियाँै र सोही यार्साकै कमाइबाट सदरमुकाम चैनपुरमा पनि घरघडेरी बनाएका थियोेैँ । अब दिनानुदिन के भो यार्साको मात्रा एकदमै कम पाइने भएपछि विगतका यार्सागुम्बा संकलन गरेका दिन एक सपनाजस्तै भएका छन् । यस क्षेत्रका हामी सबै स्थानीयको मुख्य आम्दानीको स्रोत भनेको यार्सागुम्बा, जडीबुटी र भेडापालन हो ।

विगतका दिनमा यार्सागुम्बा प्रशस्त मात्रामा पाइने भएपछि भेडापालन व्यवसायी हटाएर एकै जडीबुटी यार्सागुम्बाको भरमा बसेको तर अहिले एकदमै कम मात्रामा र यसको बिक्री मूल्य पनि पहिलेको भन्दा कम पाइने भएपछि यार्सागुम्बाकै भरमा जीविका चलाउने बासिन्दा साहै्र मारमा परेका साइपाल गाउँपालिकाका स्थानीयवासी रामबहादुर बोहराले बताउनुभयो ।

यार्सागुम्बाको पहिलेपहिले सही उत्खनन गर्ने तरिका नअपनाएर र यार्सागुम्बा संकलकले जथाभावी, वनमा आगजनी गरेकै कारणले यो बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलनमा कमी आएको जानकार बताउँछन् ।

यार्सागुम्बा संकलन गर्न जिल्लाका विभिन्न ठाउँबाट संकलन गर्न जाने गर्दैछन् र यो यार्सागुम्बा संकलन समयभित्र सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश विद्यालय तीन महिनाका लागि बन्द हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 पाँच प्रदेशमा आज धेरै भारी वर्षाको चेतावनी

 राष्ट्रिय परिचयपत्रमा प्रमाणीकरण समस्या, विवरण दर्ता र नम्बर वितरण नियमित

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu