म्याग्दी, ३१ वैशाख । अन्नपूर्ण गाउँपलिका २ भुरुङ तातोपानी बजारमा पहिरोले चारवटा घर पुरेको छ । बेनी जोमसोज सडकखण्डमा खसेको लेदो सहितको पहिरोले चारवटा घर पुरेको म्याग्दी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अरु १२– १३ घरमा पनि पहिरोले क्षति पुर्याएको छ । हिजो बेलुकी ५ बजेतिर भेलसहितको पहिरो बस्तीमा खसेको हो । भेल बग्न थालेपछि बस्तीका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । अहिले डोजर लगाएर भेल तर्काउने काम भइरहेकोले जोखिम नरहेको प्रहरीले जनाएको छ ।
आइतबार रातिको झरीका कारण पहिरो जाँदा ठाउँ – ठाउँमा गाडीको आवागमन प्रभावित भएको छ । पाल्पाको सिदार्थ राजमार्गमा राति २ बजेतिर खसेको पहिरोका कारण गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिमा ३ हेडबक्स नजिकैको सडकखण्डमा पहिरोले सडक अवरुद्ध हुँदा पाल्पा– गुल्मी, स्याङजा –पोखरा र बुटवल जाने आउने गाडी रोकिएका छन् । बिहान सात बजेदेखि पहिरो हटाउन थालिएको पाल्पा प्रहरीले जनाएको छ । पहिरो हटाउन पाल्पाको झुमसाबाट डोजर लगिएको र अबको तीन चार घण्टामा बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्