बेपत्ता फुँयालको अहिले नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । वर्षाले वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । गएराति १२ बजदेखि शुरु भएको वर्षा अहिलेसम्म यथावत हुँदा मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका छन् । बसपार्कमा आसपासका सडकमा पार्किङ्गका लागि राखिएका दुइ दर्जन बढी सवारी साधन बाढी सगैं आएको लेदो र गेगरले परिएका छन्। मन्थली बजार देखि आकाशे सम्म पुग्ने पुष्पलाल मार्गका ठाउँ ठाउँमा सडक चिरिएका छन्। बाढीले सगैं आएको गेगरले वस्ती पुरिन थालेपछि राति नै सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धार थालेका थिए। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार सयौं उद्धारकर्मीहरु राति परिचालित थिए।
अवरुद्ध सडक खुलाउनका लागि राति नै जेसिबी लगाएर थोरै भागमा यातायात खुलाइएको छ। तर सहज आवागमन भएको छैन। सडक छेउमा पुरिएका सवारी साधन अलपत्र छन्।
बिहान देखि फेरि वर्षा हुन थालेको छ। खोला किनारमा परेका वस्तीमा बाढीको त्रास बढेको छ। मन्थलीमा यो दशककै ठूलो पानी परेको स्थानीयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्