काठमाडौं, ३१ वैशाख । विप्लव माओवादीका नेतालाई बमसहित मकवानपुर प्रहरीले पक्राउ गरको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मजदुर नेता दुर्गानाथ तिमल्सिना रहेको र उनको साथबाट पाँच थान बम बरामद भएको छ । हेटौंडा–८ कमानेस्थित चौवन्नधरेबाट पाँच थान बमसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।
तिमल्सिना विप्लव माओवादी निकट मजदुर संगठनका केन्द्रीय सदस्य रहेको प्रहरीको अनुसन्धनबाट खुलेको छ । तिमल्सिनाले मकवानपुर, बारा, पर्सा र रौतहटको जिम्मेवारीमा रहेको बताएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।
सोमबारको बन्दको क्रममा बम बोकेर हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले तिमल्सिनाको खोजी सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्