काठमाडौं ३१ वैशाख । आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसदमा आज पनि छलफल चलेको छ । छलफलका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा विहान ११ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको छुट्टाछुट्टै बैठक बसेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले गत बुधबार प्रस्तुत गर्नुभएको बजेटका प्राथमिकता र सिद्धान्तबारे संघीय संसदमा छलफल जारी छ । अर्थमन्त्री खतिवडाले स–साना आयोजनामा बजेट विनियोजन नगर्ने, बैदेशिक सहायतामाथिको निर्भरता क्रमश घटाउदै लैजाने, सबै नेपालीलाई रोजगार अवसर उपलब्ध गराउने तथा सडक, द्रुतमार्ग, रेलमार्ग, निर्माणधीन बिमानस्थलहरु र सहरी पूर्वाधारहरुको निर्माणलाई प्राथमिकता दिने लगायत बिषय समेटिएको बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुभएको थियो ।
प्रि–बजेट छलफल सकिएपछि आएका सुझावहरुलाई समेत समेटेर सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याउनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा हिजो गरेको सम्बोधनबारे पनि सांसदहरुले धारणा राख्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्