काठमाडौं, ३१ वैशाख । प्रदेश सांसद हरीशरण लामिछानेको निधन भएको छ । भक्तपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित सांसद लामिछानेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । सोमबार दिउँसो एक्कासी रक्तचाप बढेपछि लामिछानेलाई केएमसीमा भर्ना गरिएको थियो । उनको निधन हुनुपूर्व सोमबार केहीवेर अघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमै भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्