जनकपुर, ३१ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण लक्षित गरेर जनकपुर बेहुली जस्तै सिंगारिएको थियो । पर्खाल रंगरोगन गरियो, सडक टालटुल पारियो, सरसफाई गरियो, भित्तामा चित्र कोर्ने कामहरु भए । चित्रकलासँगै सरसफाई तथा स्वच्छता अभियान, सम्पदा सुरक्षा लगायतका नाराहरू पनि कोरीए ती पर्खालमा । मोदीले नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै गर्दा उक्त कार्यको प्रसंसा गर्दै प्रदेश सरकार र मेयरको प्रशंसा पनि गर्न भ्याए । लाखौं मानिसले त्यही ठाँउमा उभिएर गज्जबले तालि पड्काए ।
तर एकदिन अघि मोदी जो आफ्नो देश फर्किए, जनकपुरमा उही पुरानो रवैया सुरु भएको छ । चित्रकलाको महत्त्व घटाउने गरी फूटपाथ पसल सञ्चालन गर्न सुरु गरिएको छ । आईतबार आएको हावाहुरीको कारणले जानकी मन्दिरको पर्खाल ढालिदिएको छ । यस्तै हो भने सरकारको ‘सरसफाई तथा स्वच्छता’ अभियान पनि त्यस्तै होला ।
शब्दमा भन्दा पनि हेरौ तस्बिरमै –
(तस्बिर,लोकान्तर)
प्रतिक्रिया दिनुहोस्