ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा


admin
२५ श्रावण २०७४, बुधबार   १ : ४८   बजे

तेह्रथुम, २५ साउन । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित घुम्तीचोक र बतासे बस्तीका करिब १५ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

सातायता यो क्षेत्रमा परेको भारी वर्षाका कारण यी गाउँका १५ घर पहिरोको जोखिममा परेका हुन् । नजिकको ताङमाया खोलाले निर्माणाधीन जिरीखिम्ती–मोराहाङ सडक खण्डमाथिबाट पहिरो तान्न थालेको छ ।

खहरेखोलामा समेत पानीको बहाव बढेको छ । बस्तीको आडको रुपमा रहेको जमिन लच्किएका कारण घुम्तीचोक र बतासेका बासिन्दाको दुई दिनदेखि निद्रा हराएको छ । चार परिवार भने घर छाडेर छिमेकीको घरमा बसिरहेका स्थानीयवासी नरेन्द्र खापुङले जानकारी दिनुभयो ।

तेह्रथुम सदरमुकाम म्याङलुङ

‘पहिरोले घर बगाउने डर भएपछि घुम्तीचोकका चार परिवारले घर छाडेका छन्,’ उनले भने । मंगलबार यहाँका बासिन्दाले जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायत संघ संस्थालाई समेत पहिरोले गाउँ नै जोखिममा पारेको बारे जानकारी गराएका छन् ।

पहिराले गाउँनै जोखिममा पारेको भन्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । उहाँले सचेत भएर बस्न स्थानीयवासीलाई सूचना जारी गरेको बताउनुभयो । ‘ठूलो धन जनको क्षति नहोस् भनेर सतर्कता अपनाउन भनेको छु,’ प्रजिअ खनालले भन्नुभयो ।

पहिरोको जोखिम रहेको क्षेत्रको मेन्छ्यायेम गाउँपालिकाले समेत अनुगमन गरी सचेत रहन भनेको छ । “जुनसुकै बेला पनि पहिरोले गाउँलाई तान्नसक्ने देखिएपछि सचेत रहन भनेको मेन्छ्यायेम गाउँपालिका–६ का वडाध्यक्ष प्रदीप बुढाथोकीले भन्नुभयो,” । घुम्तीचोक भएर जिरीखिम्तीदेखि मोराहाङ, श्रीजुङ, पौठाकबाट सम्दु जोडिने सडक निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group