काठमाडौं,१ जेठ । पछिल्लो समयमा दुई पार्टी एकताका विषयमा विभिन्न कुराहुर्दै गर्दा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा भइरहेको ढिलाईको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणसँग कुनै साइनो नरहेको बताएका छन् ।
धेरै विषयमा सहमति भइसकेको र एकता दीर्घकालीन होस् भनेर केही विषयमा अहिले नै विस्तृतरुपमा छलफल भइरहेको बताए ।
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘पार्टी एकताको सवालमा मोदी भ्रमणसँग कुनै साइनो सम्बन्ध नभएको बताएका हुन । पार्टी एकता गर्ने नगर्ने फैसला र्ने हामीले हो, हिनग्रन्थीको शिकार हुनुहुँदैन ।’ उनले भने ।
सत्ता वा पदीय स्वार्थका कारण पार्टी एकतामा ढिलाई भएको उनले अस्वीकार गर्दै । ‘सत्तामा त हामी छँदैछौं, एकता गर्नै पर्दैन’ उनले भने, ‘पार्टी एकताका लागि दुईवटै पार्टीका अध्यक्षहरु नै अन्तरिमकालका लागि अध्यक्ष हुने भनिसकेका छौं, लिखित सहमति भइसकेको छ । पदमा पनि कुनै समस्या छैन ।’ वैचारिक, राजनीतिक र नीतिगत आधार तयार भइसकेको भन्दै उनले अब पार्टी एकता नरोकिने बताए । ‘छिटो भन्दा छिटो एकीकृत पार्टी घोषणा गर्छौ’ नेता श्रेष्ठले भने ।
प्रतिक्रिया दिनुहोस्