काठमाडौं, १ जेठ – अखिल क्रान्तिकारीले विद्यार्थी आन्दोलन हिजो, आज र भोलि विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।आज मंगलवार राजधानीको बबरमहल स्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, माओवादी नेता हितमान शाक्य, काँग्रेस नेता गुरुराज घिमिरे, सांसद नविना लामा, विश्वकान्त मैनाली, लिलामणि पोखरेल, लेखनाथ न्यौपाने, नैनसिंह महर र रञ्जित तामाङलगायत वक्ता छन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव जीपी मैनालीले ५४औँ विद्यार्थी एकता तथा स्थापना दिवसको अवसर पारेर विचार गोष्ठी आयोजना गरिएको र कार्यक्रममा पूर्वविद्यार्थी नेता एवं हालका नेताहरुलाई वक्ताका रुपमा आमन्त्रण गरिएको बताए ।
स्व.वि.यु.को पुनर्वहाली, असमान सन्धिहरुको बिरोध
गोर्खा भर्ती केन्द्रको खारेजी लगायतका मागहरु राख्दै तत्कालिन सरकारबिरुद्ध उपत्यकाव्यापी हडताल गर्दै गरिएका अन्दोलनमा सरकारद्वारा गरिएको ब्यापक दमन बिरुद्ध बिध्यर्थीहरुले निरन्तर आन्दोलन जारी राखेपछि सरकार दमनबाट पछि हटेर बिध्यार्थीहरुसँग सम्झौता गर्न बाध्य भएको थियो । २०२१ जेठ १ गते देखि बिध्यार्थी संगठनहरुले आफ्ना विभिन्न मागहरु पुरा भएको बिजय र खुशियालीको दिनका रुपमा लिंदै जेठ १ लाई एकता दिवशको रुपमा मनाउंदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्