काठमाडौं १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सेनालाई नेपालमा निम्ताइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेवि संघले मंगलवार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम गरेको छ ।
भारतीय सेनालाई नेपालमा बोलाइएको तथा जनकपुरको साँचो भारतीयलाई बुझाइएको बिरोधमा नेवि संघले घण्टाघर अगाडिको सडकमा चक्काजाम गरेको हो ।
मोदी भ्रमणका क्रममा कुटनीतिक मर्यादा उल्लंघन भएकाले विरोध गरिएको नेवि संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
नेवि संघले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु राउतको अभिव्यक्तिको पनि विरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्