ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपा मुख्यमन्त्री राउतको बचाउमा


एबीसी न्यूज
१ जेष्ठ २०७५, मंगलबार   १ : १०   बजे

काठमाडौं, १ जेठ । भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ। राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन्।

स्रोतका अनुसार, शुक्रबार लालबाबुले बोल्ने भाषणका विषयमा प्रदेश २ का राजपा नेताहरू र प्रदेश सरकारमा रहेका मन्त्रीलाई जानकारी गराइएको थिएन । प्रदेश २ को मन्त्रिपरिषद् बैठक नियमित रूपमा हप्तामा सोमबार र बिहीबार बस्ने गर्छ । तर त्यो हप्ता बिहीबार बैठक बस्न सकेन। पछिल्लो बैठक सोमबार बसेको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले बोल्ने भाषणबारे कुनै चर्चा नभएको राजपाबाट प्रदेश २ सरकारमा प्रतिनिधित्व गरेका एक मन्त्री बताउँछन्। उनी भन्छन्, ‘अभिनन्दन कार्यक्रममा उहाँले कस्तो बोल्नुहुन्छ, त्योबारे हामीलाई कुनै जानकारी थिएन।’

अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री लालबाबुले भारतीय प्रधानमन्त्रीसामु संविधानविरूद्ध आफूहरूको संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिलाई लिएर एमाले, नेपाली कांग्रेस र माओवादीले विरोध गरेका छन् भने संघीय फोरम लालबाबु पक्षमा सशक्त रूपमा उभिएको छ।

फोरमका अधिकांश नेताले प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति स्वभाविक र जायज भएको बताएका छन्। फोरमका सांसद प्रदीप यादवले भने, ‘लालबाबुको पक्षमा हामी छौं। सिंगो पार्टी उभिएको छ। उहाँले जे बोल्नुभएको छ, एकदमै ठीक बोल्नुभएको छ।’ प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पनि मुख्यमन्त्रीको पक्षमा प्रतिक्रिया दिए। काठमाडौंमा भने राजपाका अधिकांश शीर्ष नेताहरू प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्तिबारे केही बोल्ने चाहेनन्। राजपाका अध्यक्षमण्डलका एक सदस्य अनिल झा भने मुख्यमन्त्रीको पक्षमा उभिए। उनले भने, ‘अभिनन्दन कार्यक्रममा लालबाबु राउतले बोलेको अभिव्यक्ति जायज छ।’ राजपाका दोस्रो तहका अधिकांश नेता पनि यस विषयमा बोल्न चाहन्नन्। लालबाबुको अभिव्यक्तिबारे आफूलाई जानकारी नभएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group