हुम्ला, २ जेठ । बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइनको जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा थिएन , सिमिकोट विमान स्थलमा जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।
विमान नआएपछि सवैको मनमा विभिन्न शंका उत्पन्न भए । उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर पाइलट किरन भट्टराई हुम्ला उडान भर्दै आएका थिए । विमान हराय पछि सुर्खेत देखि हेलिकप्टरको परिचालन सम्भावित स्थल तर्फ खोजि गर्ने पठाएका थिए कहि कतै बाट विमान भेटिएको खवर आएको थिएन । निकै वेरको खोजि कार्यपछि भेडिगोठालाहरुले हुम्लाको खार्पुनाथमा मकालु एयरको विमान दुर्घटना भएको देखिपछि उद्धारका लागि सिडियो कार्यालयमा फोन गरेपछि उद्धार टोली पुग्यो तर चालकदल कसैको ज्यान बचाउन सकिएन ।
विमान दुर्घटना भएको खार्पुनाथको एक्लाभुजाचौरमा रहेका लामा रावलले आफूहरुले विमान खसेको देखेपछि सिडियो कार्यालयमा खबर गरेको जानकारी दिनुभयो । खबर आएपछि हेलिकोप्टरबाट प्रहरी र उद्धारकर्मीलाई घटनास्थलमा पुर्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्