गुल्मी, २ जेष्ठ । गाउँपालिका ६ धुर्कोट रजस्थल गुल्मीमा रहेको स्वास्थ्य चौकिमा ल्याब सेवा संचालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ल्याब सेवा संचालनमा आएको हो । सेवा संचालनमा आएसँगै सानो–सानो रोगको परिक्षण गर्न स्थानियलाई सदरमुकाम तम्घास जानुपर्ने बाध्यताको हटेको छ । ंउक्त ल्याब सेवाले रजस्थलसँगै वाग्ला, वस्तु, जैसिथोक, हाडहाडे, पिपलधारा, मदाने गाउँपालिकाको भनभने, म्यालपोखरी, पुर्कोट लगायतको दर्जनौ गाउँका स्थानियलाई सेवाप्रवाह गरको छ ।
ल्याब संचालनमा आएपछि जन्डिस, टी.वी., मृगौला लगाएतका २२ प्रकारका रोगहरुको पहिचान र उपचारमा सहयोग पुग्ने अस्पतालका डाक्टरका सुरज पोखरेल बताउछन् । त्यस्तै ल्याबबाट खकार, दिसा, पिसाब, रगत लगायतमा रोगको किटाणु भए÷नभएको पत्ता लगाइन्छ ।
प्राथमिक स्वास्थ केन्द्रका अध्यक्ष तथा धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव खत्रीले प्राथमिक स्वास्थ केन्द्रले दिने सेवा–सुविधाबारे धेरैलाई जानकारी नभएको कारण पनि बिरामीहरु स्वास्थ्य संस्था सम्म कम आउने गरेको बताए ।
स्वास्थ्य संस्थाले आफ्नो सेवा थप गुण्स्तरीय बनाउदै लैजाने तथा आगामी दिनहरुमा ज्येष्ठ नागरिकको लागि निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने, सवै वडाहरुमा एम्बुलेन्स सेवा संचालन गर्ने, सबै स्वास्थ्य चौकिमा २४ घण्टा नै प्रसुति सेवा संचालन गर्नेजस्ता गाउँपालिकाले जनाएको छ ।
त्यस्तै प्रत्येक वडाका स्वास्थ्य चौकि भवन बनाउने लगायतका योजना गाउँपालिकाका रहेको अध्यक्ष भुपाल पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्