काठमाडौं, ३ जेठ । आज मदन आश्रति स्मृति दिवस बिबिध कार्यक्रम गरि मनाईंदै छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ-३ गते चितवनको दासढुंगामा जीप दुर्घटना भई मृत्युभएको थियो । त्यसैको सम्झनामा एमालेले हरेक वर्ष जेठ-३ गतेलाई मदन-आश्रित स्मृति दिवसको रुपमा नाउँदै आएको छ ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २५ वर्ष पुगेको छ ।
कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।
२०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानविनले कुनै तथ्य निकाल्न सकेको छैन । दासढुंगा दुर्घटनापछि एमालेले पटक–पटक सरकारको नेतृत्व गरेको भए पनि घटनाको तथ्य बाहिर ल्याउन नसक्नुले केही आशंका उब्जाएको छ ।
प्रतिक्रिया दिनुहोस्