ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख र सिचुवान प्रान्तका उप-गभर्नरबीच भेटवार्ता


admin
३ जेष्ठ २०७५, बिहिबार   ५ : ४०   बजे

काठमाडौं, ३ जेठ । सभामुख कृष्णबहादुर महरासँग चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङ नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेको हो ।

भेटवार्तामा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो र गहिरो रहेको बताउँदै नियमित भेटघाट र भ्रमणले सम्बन्धलाई थप नजिक र बलियो बनाउने बताउनुभयो । नेपाल तीन तहका निर्वाचन सम्पन्न गरी आर्थिक समृद्धि, स्थायित्व र विकासतर्फ लम्किएको बताउँदै महराले नेपालको समृद्धिका लागि चीनको सहयोगको खाँचो रहेकोमा जोड दिनुभयो ।

विगतमा आफूले नै चीनको वान वेल्ट वान रोड (ओविओआर) परियोजना सम्झौता गर्न चीन पुगेको स्मरण गर्दै सभामुख महराले भन्नुभयो, ‘चीनको महत्वपूर्ण परियोजना वान वेल्ट, वान रोड (ओविओआर)को समिटमा म आफै सहभागी भएको थिएँ, यस परियोजनाबाट नेपालको विकासमा धेरै ठूलो भूमिका हुनेछ ।’

सो अवसरमा सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङले चीन र सिचुवानले नेपालको पूर्वाधार विकासमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले ऊर्जा, कृषि, पर्यटन, रेलमार्ग र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न तथा संस्कृति, प्रविधि र समाजका विविध विषयमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

चीनमा बौद्ध धर्मावलम्बीहरु ठूलो संख्यामा रहेको भन्दै उपगर्भनर पेङले बुद्धको जन्मस्थल लुम्बिनी आफूहरुका लागि ठूलो पर्यटकीय तथा धार्मिक स्थल भएको बताउनुभयो । सिचुवानका थुप्रै ठाउँहरुमा बुद्ध र बौद्ध धर्मसम्बन्धी पर्यटकीय तथा धार्मिक केन्द्र रहेको र त्यसले नेपाल र सिचुवानलाई झन नजिकबाट जोड्ने विश्वास व्यक्त गर्नुभयो ।

आफूहरु नेपालमा पहिलोपटक आएको बताउँदै पेङले आफूहरु यहाँको प्राकृतिक सौन्दर्यता, हावापानी र नेपालीहरुको मायाले प्रभावित भएको बताउनु भयो । उहाँले नेपाल–चीनका उच्चस्तरीय भ्रमणहरुलाई बढाउने बताउँदै सिचुवानमा नेपालको महावाणिज्य दूतावास खोल्नका लागि आग्रह समेत गर्नुभयो ।

जवाफमा सभामुख महराले नेपालको पूर्वाधार विकासमा लगानी गर्ने चाहनाप्रति खुसी व्यक्त गर्दै नेपालको विकासमा चीन र सिचुवानको विशेष भूमिका रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङ, संघीय संसदका प्रवक्ता डा।भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

त्रिशूली–३ ‘ए’को सुरुङका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu