ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र


एबीसी न्यूज
४ जेष्ठ २०७५, शुक्रबार   ९ : ३५   बजे

 

 बर्दिया, ४ जेठ।  राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बर्दियाको पूर्व र पश्चिममा गरी ३६ हजार हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढेको छ ।

बबई नहरबाट पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्र्वी भेगमा २१ हजार हेक्टर नहर सिँचाइ हुने आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठ बताउनुभयो । बर्दियाको खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराउने गरी संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा २०४९–२०५० सालदेखि परम्परागत रुपमा किसानद्वारा सञ्चालित बूढीकुलो, मझराकुलो, राजकुलो र धधवारकुलोमा बबई नदीको पानी नहरमार्फत पु¥याउने लक्ष्यका साथ आयोजना शुरु भएको र यही आव २०७४÷०७५ मा सकिने लक्ष्य रहेकोमा बाढीका कारण सो समयमा पुरा नहुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयोे ।

आयोजनाले निर्माण गरेको नहरमा २०७१ र २०७४ मा आएको भीषण बाढीले क्षति पु¥याएको हुँदा बाढीबाट भत्किएको संरचना र नयाँ संरचना निर्माण गरी आयोजनाले थप पश्चिमी मूलनहर गुलरियासम्म पु¥याउने लक्ष्य रहेको छ ।

सिञ्चित क्षेत्र बचावटका लागि तटबन्धन निर्माण, शाखा उपशाखा नहरको निर्माण लगायतका कार्य गर्दै आइरहेकाले समयाबधि थप गरी आव २०७८–२०७९ मा मात्र पुरा हुने र लागत रु १२ अर्ब ५६ करोडको ८० हजारको गुरुयोजनामा काम भइरहेको प्रमूख श्रेष्ठले बताउनुभयो ।

यस वर्ष मुख्यतया पश्चिमतर्फ विगतमा भएको जग्गा मुआब्जाको समस्या समाधान हुने गरी निर्माण कार्य अघि बढाएको आयोजनाले बताएको छ । आगामी वर्षसम्म पश्चिमी भेगको नहर निर्माण गुुलरिया नगरपालिकाको पर्वतीय मन्दिरसम्म नहर निर्माण गरिसकिने लक्ष्य रहेको छ । बबई सिँचाइ आयोजनाले यस आर्थिक बर्षसम्ममा ३४ किलोमिटर नहर निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।

बबई नदीको बायाँतर्फको छवटा अति जोखिम क्षेत्रमा व्यवस्थित नदी नियन्त्रणका लागि सिञ्चित क्षेत्र र संरचना बचावटका लागि ठेक्का आह्वान भई मूल्यांकन चरण पूरा भएको आयोजना प्रमुखले जानकारी दिनुभयो ।

बाढीबाट क्षतिगस्त क्षेत्र तथा संरचना संरक्षण तटबन्धन पुनःनिर्माण तीन किलोमिटरमा भइरहेको छ । पूर्व नहर प्रणालीको शाखा उपशाखा तथा विभिन्न संरचना निर्माण भइरहेको आयोजना प्रमुखले बताउनुभयो । भेरी बबई ड्राइभर्सन पूरा भएपश्चात आयोजनाले सिञ्चित क्षेत्रको गर्नुपर्ने विभिन्न कार्यका प्रक्रिया अगाडि बढाउन सरोकारवाला सम्पूर्ण निकायसँग छलफल तथा अन्तक्र्रिया भएको बताएको आयोजनाले बताएको छ ।

बबई सिँचाइ आयोजनाको यस वर्षसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको, अहिलेसम्म मुआब्जा वितरणसमेत गरी रु ७५ करोड ६३ लाख ५५ हजार चालू आवको अहिलेसम्म खर्च गरेको जानकारी श्रेष्ठले दिनुभयो ।

बबई सिँचाइ आयोजनाले अधिग्रहण गर्ने जग्गामा मूख्यांकनपश्चात मुआब्जा वितरण कार्य भएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 पाँच प्रदेशमा आज धेरै भारी वर्षाको चेतावनी

 राष्ट्रिय परिचयपत्रमा प्रमाणीकरण समस्या, विवरण दर्ता र नम्बर वितरण नियमित

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu