ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट पार्टीबीचको एकता लोकतन्त्रवादी पार्टीकालागि पनि सन्देश


एबीसी न्यूज
४ जेष्ठ २०७५, शुक्रबार   १० : ५०   बजे

पोखरा, ४ जेठ।   नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकता लोकतन्त्रवादी पार्टीका लागि पनि राम्रो सन्देश हुनेमा जोड दिइएको छ ।

बिहीबार भएको दुई पार्टीको एकतासँगै नेपाली राजनीतिमा चासो र चर्चा बढिरहेको अवस्थामा विभिन्न क्षेत्रमा सम्बद्ध व्यक्तिहरुले यतिखेर एकतालाई नेपाली राजनीतिको स्थायित्व र विकासका लागि महत्वपूर्ण प्रयासको थालनीका रुपमा चित्रित गरेका छन् ।

धेरै संख्यामा दल रहने क्रमले नेपालको राजनीतिक स्थायित्व र विकासलाई प्रत्यक्ष प्रभावित गरेको बताउने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सकारात्मक कदम भएको बताउनुहुन्छ ।

“राजनीतिक स्थिरताका लागि समान किसिमका राजनीतिक आस्था एवं विचार मिल्न सक्ने दलहरू एक बन्नु अपरिहार्य छ,” उहाँले भन्नुभयो, “नेपाल जस्तो विकासोन्मुख देशमा दुई प्रमुख राजनीतिक दल मात्र हुने हो भने विकासको गतिले फड्को मार्न सक्ने देखिन्छ ।”

एमाले र माओवादी केन्द्रबीचको एकता लोकतन्त्रवादी पार्टीका लागि पनि गतिलो सन्देश भएको बताउँदै उहाँले राज्यको हितका लागि पनि आस्था एवं विचार मिल्ने दलहरू एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

लामो समयको राजनीतिक अस्थिरताका कारण देश पछि परिरहेको अवस्थामा भएको पार्टी एकीकरण एउटा महत्वपूर्ण ऐतिहासिक घटना भएको वामपन्थी नेता सोमनाथ अधिकारी ‘प्यासी’ले बताउनुभयो ।

“यो एकता सामान्य होइन, राष्ट्र र जनताको आवश्यकताअनुसार भएको हो,” उहाँले भन्नुभयो, “एकतासँगै यो राष्ट्रको समृद्धि र विकासका लागि जवाफदेही शक्तिका रुपमा अघि बढ्नेछ ।”

नेपाली जनताको लामो समयको संघर्षको प्रतिफलस्वरुप २०४६ सालमा प्रजातन्त्र आए पनि त्यसयता दलहरूको संख्या साँघुरिँदै जानुभन्दा पनि बढ्दै जाने क्रमले नेपालको समग्र राजनीति एवं यहाँको विकासलाई निरन्तर प्रभावित पारिरहेको प्राध्यापक डा गिरीधारी दाहाल बताउनुहुन्छ ।

“समय धेरै अघि बढिसकेको अवस्थामा प्रमुख दुई वामपन्थी शक्ति एक बन्नु नेपाली जनता र राष्ट्रका लागि अत्यन्त सुखद् पक्ष हो,” उहाँले भन्नुभयो, “यो एकता जनताको आवाज हो, देशको राजनीतिक स्थिरता र विकासका लागि महत्वपूर्ण शुरुवात पनि हो ।”

धेरै संख्यामा विभक्त दलबाट देश केवल अस्थिर बन्ने बताउँदै उहाँले एमाले र माओवादी केन्द्रबीचको एकता लोकतन्त्रवादी पार्टीका लागि पनि प्रेरक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

एमाले र माओवादी केन्द्रबीचको एकताले देशको समग्र समृद्धि र विकासमा दीर्घकालीन प्रभाव राख्ने अर्का वाम बुद्धिजीवी झलकपाणि तिवारी बताउनुहुन्छ । “राज्यको राजनीतिक स्थिरता एवं सुधारात्मक गतिविधिलाई अघि बढाउने यसले विशिष्ट प्रभाव राख्नेछ,” उहाँले भन्नुभयो, “एकता दलहरूबीचको आवश्यकता मात्र नभएर राष्ट्र र जनताको आवश्यकता हो ।”

समाजवादी क्रान्तिको समग्र प्रक्रियालाई अघि बढाउनका लागि एकताले महत्वपूर्ण भूमिका खेल्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Seven Killed in UK Crash Involving Vehicle Driving on Wrong Side of Road

South Korea Launches First Arctic Container Ship Voyage

Nepal Minister Inspects Flood Control Project, Calls for Integrated Approach

TikTok Reaches $400 Million Settlement in US Child Privacy Case

Nepal Prime Minister Visits Muktinath Temple in Mustang

Right-Wing Surge in Latin America Coincides with Trump’s Foreign Policy

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu