काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले कार्यभार शुरु गरेका छन् । धूम्रबाराहीस्थित साविकको एमालेको पार्टी कार्यालयमा पुगी पौडेलले कार्यभार शुरु गरेका हुन । पौडेललाई कार्यालयमा कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए । पौडेललाई बिहीबार नवगठित नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा चयन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्