ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएसमा दुई पटक फेल भएपछि खुल्यो आँखा, म:म बेचेर चम्कियो जीवनशैली


admin
४ जेष्ठ २०७५, शुक्रबार   ३ : ४७   बजे

झापा, ४ जेठ । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दै आउनुभएको छ ।

मःमः व्यवसाय शुरु गर्नुभएका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत हुनुहुन्छ । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिनुभएका उहाँ दुबैपटक अनुत्तीर्ण हुनुभयो । “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भन्नुभयो ।

दुई पटकको असफलतापछि उहाँले विर्तामोडमा मःमः फर्म खोल्नुभयो । सो फर्मले उहाँलाई स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगारी प्रदान गरेको छ । उहाँको मःम फर्म अहिले झापाकै लोकप्रिय बनेको छ । विर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उहाँले ‘उरी मःमः फर्म’ खोल्नुभएको छ । उहाँले कोरियन भाषाबाटै फर्मको नाम उरी राख्नुभएको हो ।

‘उरी’ को नेपाली अर्थ हुन्छ हाम्रो । पटक–पटकको असफलतापछि रिजालले कोरियन भाषामै मःमः फर्मको नाम राख्नुभयो । उक्त फर्मबाट उहाँको अहिलेको कमाइ कोरियाको भन्दा कम छैन । विसं २०७२ साउन मा फर्म दर्ता गरेर कारोबार शुरु गर्नुभएका रिजालले अहिले १२ जनालाई रोजगार दिनुभएको छ ।

“मासिक रु ३० हजार बचत हुन्छ,” उहाँले भन्नुभयो ।

विर्तामोडसहित झापाका विभिन्न बजारमा उहाँले मःमः बनाएर बिक्री गर्नुहुन्छ । फास्टफुडका लागि लोकप्रिय बनेको मःमः अहिले रिजालको आम्दानीको मुख्य स्रोत हो । आम्दानी गरेको देखेपछि हिजोआज रिजाललाई उहाँका साथीहरुले सो व्यवसायबारे सिकाउन आग्रह गर्दै आएका छन् ।

“साथीहरुलाई बेलाबेलामा ऋण दिने गरेको छु, फरक व्यवसाय गर्न सके आर्थिक उपार्जनका लागि विदेशिन नपर्ने रहेछ,” उहाँले भन्नुभयो ।

कोरिया जान तयारी गर्ने क्रममा काठमाडाँैं घुम्दै गर्दा मःमः बिक्री गरेको देखेपछि रिजाल सो व्यवसायप्रति आकर्षित हुनुभएको हो । त्यसपछि उहाँले झापा फर्केर उक्त व्यवसाय शुरु गर्नुभएको हो । “आफू त स्वरोजगार बनेँ, अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउन पाउँदा गर्व लाग्छ,” उहाँले भन्नुभयो ।

रिजालले सञ्चालन गरेको उरी मःमः फर्ममा सात युवा र पाँच युवतीले रोजगार पाएका छन् । उरी मःम फर्ममा तयार पारिएको मःमः सुरुङगाको सेल्फी डाँडा, जामुनखाडी, अर्जुनधाराको फन वल्र्ड, सालवारी लगायतका पर्यटकीयस्थलमा तथा जिल्लाका विभिन्न ठाउँका विद्यालयमा बिक्रीका लागि पठाउने गर्नुहुन्छ ।

“दैनिक करिब एक हजार प्लेट मःमः तयार हुन्छ,” उहाँले भन्नुभयो । रिजालले प्रतिप्लेट काँचो मःमः रु २८ बिक्री गर्नुहुन्छ । पूर्वमा धुलाबारी, दक्षिणमा भद्रपुर, पश्चिममा सुरुङ्गा तथा उत्तरमा शनिश्चरेका अधिकांश होटलमा उहाँको फर्ममा तयार भएको मःमः बिक्री हुन्छ । दैनिक ५० देखि ७५ किलोसम्म पिठो प्रयोग गरिन्छ ।

रु तीन लाखबाट उक्त व्यवसाय शुरु गर्नुभएका रिजालले अहिले मनग्य आम्दानी गरेको देखेपछि सो व्यवसायप्रति आकर्षण बढेको छ । व्यवसाय फष्टाउँदै गएपछि उहाँले पिठो मुछ्नेदेखि किमा तयार पार्ने मेसिन समेत राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 पाँच प्रदेशमा आज धेरै भारी वर्षाको चेतावनी

 राष्ट्रिय परिचयपत्रमा प्रमाणीकरण समस्या, विवरण दर्ता र नम्बर वितरण नियमित

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu