ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब गृहमन्त्रालयले विदेशी नागरिकका गतिविधिमा कडा निगरानी गर्ने


एबीसी न्यूज
१० जेष्ठ २०७५, बिहिबार   ८ : ३६   बजे


काठमाडौं, १० जेठ । विभिन्न उद्देश्यले नेपाल छिरेका विदेशी नागरिकको प्रवेश, उपस्थिति, प्रस्थानलगायत गतिविधिलाई गृह मन्त्रालयले गम्भीर निगरानी गर्ने भएको छ।
विदेशी अनुगमन निर्देशिका पारित भएसँगै नेपालमा बस्ने विदेशीको गतिविधि निगरानी गर्ने र आवश्यक परे खराब आचरणका विदेशीलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयलाई बाटो खुलेको छ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७४’ स्वीकृत गरेका छन्। यससँगै नेपालमा विभिन्न उद्देश्यले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका विदेशी नागरिकमाथि कडा निगरानी हुने भएको हो। अध्यागमन विभागका महानिर्देशक संयोजक रहेको निर्देशिका कार्यान्वयन समितिले शंकास्पद विदेशीको अनुगमन गर्ने र त्यस्ता विदेशी नागरिकलाई तत्काल नियन्त्रणमा लिन सक्नेछ।

विभागका महादिर्नेशकले अध्यागमन अधिकृतको संयोजकत्वमा सुरक्षा निकायका अधिकारीलाई समेत सम्मिलित गराई जुनसुकै बेला जुनसुकै स्थानमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी र शंका लागे उनीहरूलाई नियन्त्रणसमेत गर्न सक्ने प्रावधान निर्देशिकामा उल्लेख छ।

निर्देशिकाले आवश्यक परे बिनासूचना शंकास्पद स्थलको अनुगमन र त्यसको अनुसन्धान गर्ने अधिकारसमेत दिएको छ। नेपालमा गैरकानुनी रूपमा बस्दै आएका विदेशीको यकिन तथ्यांक छैन।

नेपालमा बसेका अधिकांश विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) अनुसारको काम नगरेको, भिसाको म्याद गुज्रिएपछि समेत नेपालमा बसेको र कतिपय व्यक्ति धर्मप्रचारमा समेत संलग्न भएकाले उनीहरूलाई नियमन गर्न गृह मन्त्रालयले निर्देशिका ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

कुवेतमा घरेलु कामदार पठाउने भन्दै महिलालाई प्रलोभन दिने आरोपमा एक पक्राउ

मंसिरपछि महाधिवेशन धकेल्दा कांग्रेसको वैधानिकता संकटमा पर्न सक्छ : विश्वप्रकाश शर्मा

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

गरिमा चौधरी हत्याकाण्डको विरोधमा बुटवलमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu