ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रयोगकर्तासँग फेसबुकले नै माग्न थाल्यो नग्न तस्वीर


एबीसी न्यूज
१० जेष्ठ २०७५, बिहिबार   ९ : १६   बजे

काठमाडौँ १० जेठ ।  फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ ।

प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो ।

फेसबुकले आफ्ना प्रयोगकर्ताको नग्न तस्वीर किन मागेको होला ? धेरैको मनमा स्वाभाविक रुपमा प्रश्न उब्जिन सक्छ । तर प्रयोगकर्ताकै सुरक्षाका लागि यसरी नग्न तस्वीर मागिएको फेसबुकले प्रष्ट पारेको छ ।

कतिपय प्रयोगकर्ताहरु कसैको बदलाको भावनाबाट शिकार बन्दै आएको उल्लेख गर्दै फेसबुकले त्यस्ता प्रयोगकर्तालाई जोगाउनका लागि नग्न तस्वीर मागिएको जनाएको छ ।

फेसबुकमा कतिपयले अरुको नग्न तस्वीर पोस्ट गर्ने, म्यासेन्जरमा पठाएर ब्ल्याकमेलिङ गर्ने लगायतका गतिविधि बढ्न थालेको भन्दै फेसबुकले त्यस्ता गतिविधि नियन्त्रण गर्नका लागि प्रयोगकर्ताहरुको नग्न तस्वीर मागिएको प्रष्ट पारेको छ ।

फेसबुकका अनुसार कसैसँग तपाईको नग्न तस्वीर छ भन्ने लाग्छ र उसले तपाईको नग्न तस्वीर फेसबुकमा पोस्ट गर्न सक्छ भन्ने लाग्छ भने तपाईलाई यो प्रविधिबाट जोगाउन सकिन्छ ।

सबुकले बेलायत, अमेरिका र क्यानाडामा यो प्रविधि प्रयोग गर्न थालेको छ । फेसबुकका एक प्रवक्ताका अनुसार प्रयोगकर्ताका लागि यो एक खुला प्रस्ताव हो, तस्वीर पठाउन करकाप भने छैन ।

फेसबुकका अनुसार प्रयोगकर्ताले पठाएको तस्वीरलाई पाँचजनाको एउटा समूहले हेर्नेछ । ती पाँचैजना प्रशिक्षित समीक्षक हुन् । त्यसपछि सबै तस्वीरलाई एक खास डिजिटल फिंगरप्रिन्ट दिइनेछ ।

ती तस्वीरलाई डाटाबेसको रुपमा एउटा कोड स्टोर गरिन्छ । ती तस्वीर कुनै पनि प्रयोगकर्ताले फेसबुकमा अपलोड गर्न खोजेमा उक्त कोडले तस्वीर सनाखत गरी फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा आउनु अघि नै ब्लक गर्ने फेसबुकको दावी छ ।

तर यो प्रविधिबाट प्रयोगकर्ताको नग्न तस्वीर फेसबुकमा पोस्ट नहुने शतप्रतिशत ग्यारेन्टी नभएको फेसबुकका एक अधिकारीले बताए । उनका अनुसार फोटोलाई कसैले सम्पादन गरेर, टोडमोड गरेर मूल तस्वीरभन्दा अलग बनाउन सक्छ । त्यस्तो अवस्थामा फेसबुकको डाटाकोडले उक्त तस्वीर सनाखत गर्न सक्दैन ।

तर फेसबुकले यसलाई प्रारम्भिक चरण भन्दै थप विश्वासिलो, भरपर्दो र सुरक्षित बनाउने गरी काम भइरहेको जनाएको छ ।

तर आफूसँग भएको आफ्नो कुनै नग्न तस्वीर अरुसँग पनि छ र उसले ती तस्वीर फेसबुकमार्फत सार्वजनिक गर्न सक्छ भन्ने आशंका गरिरहेका प्रयोगकर्ताका लागि भने यो प्रविधिले धेरै हदसम्म सघाउने फेसबुकको दावी छ । तर कसैले उसको आफ्नै मोबाइल वा क्यामेराबाट कसैको नग्न तस्वीर खिचेको छ, र त्यो तस्वीर तपाईसँग छैन भने त्यस्ता तस्वीरलाई अपलोड हुनबाट रोक्न सक्ने प्रविधि तत्काल फेसबुकसँग नरहेको बताइन्छ । कसैले उजुरी गरेमा पोस्ट भइसकेका तस्वीरलाई फेसबुकले हटाउन सक्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu