ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु


एबीसी न्यूज
१० जेष्ठ २०७५, बिहिबार   ११ : ४८   बजे

काठमाडौँ, १० जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५/७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ ।

यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताउनुभयो ।

गरिबी र बेरोजगारीको दुश्चक्रबाट हटाउने, बेरोजगारीको अन्त्य, आगामी पाँच वर्षमा प्रतिव्यक्ति आयात दोब्बर बनाउने, पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्नेजस्ता विषय सकारात्मक रहेको उहाँको भनाइ छ ।

पूर्वाधार निर्माणको विषय सरकारको नीति तथा कार्यक्रमले समेटेको भन्दै नयाँ शक्ति नेपालका संयोजकसमेत रहनुभएका डा भट्टराईले उक्त कार्यक्रम कसरी पूरा गर्ने भन्ने विषयमा प्रष्टताको जरुरी रहेको उल्लेख गर्नुभयो ।

सपना ठूला देखाएर पूरा भएन भने त्यसले जनतामा निराशा उत्पन्न हुने भन्दै उहाँले कृषि, पर्यटन, ऊर्जा, शहरी विकासजस्ता विषयलाई प्रमुख प्राथमिकतामा राखेर समयसीमा तय गरेर जान सरकारलाई सुझाव दिनुभयो ।

उहाँले लक्ष्य प्राप्त गर्ने सैद्धान्तिक आधार पनि प्रष्ट हुनुपर्ने, साधन तथा स्रोत कसरी जुटाउने हो भन्नेबारेमा थप प्रष्टताको जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रिय हित अनुकूल हुने गरी वैदेशिक लगानी भित्र्याउनुपर्ने, शिक्षामा सहज लगानी, लगानीमैत्री वातावरण बनाउनुपर्ने, कर्मचारीतन्त्रमा सुधार गर्नुपर्ने, कार्यक्षमताका आधारमा काम गराउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

संघीयताका विषयमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही अस्पष्टता रहेको भन्दै त्यसलाई सुधार गर्न माग गर्नुभयो ।

सांसद विशाल भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तय गर्नुपर्ने आधार तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै सांसद यज्ञराज सुनुवारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रभावकारी रहेको, भौतिक पूर्वाधारको क्षेत्रलाई जोड दिएको, शिक्षा र स्वास्थ्यमा रहेका व्यापारीकरणको अन्त्यका लागि गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

कुवेतमा घरेलु कामदार पठाउने भन्दै महिलालाई प्रलोभन दिने आरोपमा एक पक्राउ

मंसिरपछि महाधिवेशन धकेल्दा कांग्रेसको वैधानिकता संकटमा पर्न सक्छ : विश्वप्रकाश शर्मा

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

गरिमा चौधरी हत्याकाण्डको विरोधमा बुटवलमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu