ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमा समूहको अगुवाइमा नुहाउने घर


एबीसी न्यूज
१० जेष्ठ २०७५, बिहिबार   १२ : १८   बजे

म्याग्दी, १० जेठ। धौलागिरि गाउँपालिका–१ गुर्जामा स्थानीय हिमाली आमा समूहको अगुवाइमा सार्वजनिक नुहाउने घर निर्माण गरिएको छ ।

जिल्लाको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको गुर्जामा पर्यटक र स्थानीयवासीका लागि आमा समूहले रु १६ लाखभन्दा बढी लगानीमा नुहाउने घर निर्माण गरेका हुन् ।

अत्यधिक चिसो हुने गुर्जामा तातोपानीको सुविधासहितको सार्वजनिक नुहाउने घर र कुलेसो निर्माण गरिएको आमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताउनुभयो । महिला र पुरुषका लागि छुट्टाछुट्टै दुईवटा कोठा र चारवटा धारा जडान गरिएको छ । नुहाउने घरमा विद्युतीय मेसिन जडान गरी तातोपानीको व्यवस्था गरिएको छ ।

तातोपानीसहितको नुहाउने घर निर्माणले गुर्जा हुँदै ढोरपाटन, गुर्जा हिमाल, पुठा हिमाल र चुरेन हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई सहज हुने वडाध्यक्ष झकबहादुर छन्त्याल बताउनुहुन्छ । सो कार्यका लागि गत आवमा वडा कार्यालयले रु ६ लाख ४७ हजार, चालू आवमा गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो भने रु चार लाख ५५ हजार आमा समूहको आन्तरिक कोषबाटै लगानी गरिएको समूहका सचिव सीताकुमारी छन्त्यालले बताउनुभयो ।

सार्वजनिक नुहाउने घरको व्यवस्थापनका लागि सुविधा लिन आउने स्थानीयवासीलाई रु २०, गाउँ बाहिरका व्यक्तिलाई रु ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु १०० शुल्क लिइने आमा समूहले जनाएको छ । विसं २०५४ मा स्थापना भएको आमा समूहले रु तीन लाखमा गुर्जामा भूमेथान मन्दिर, ओनथानखोलामा काठे पुल, गाउँमा सार्वजनिक धारा निर्माणलगायत काम गरेको छ । बिरामी भई उपचार गराउन समस्यामा परेका स्थानीयवासीलाई छोटो समयका लागि ब्याज रकम नलिने गरी बिरामीको अवस्था हेरेर रु ५० हजारसम्म उपचार खर्च सहयोग गर्दै आएको छ । हाल आमा समूहको रु तीन लाखको घुम्तीकोष र रु दुई लाखको आकस्मिक कोष रहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group