ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनजिओलाई ट्याउँ ट्याउँ बोलिदिएको भरमा पुग्छ, हामीले काम गर्नुपर्छ – अध्यक्ष ओली


एबीसी न्यूज
११ जेष्ठ २०७५, शुक्रबार   ८ : ३१   बजे

काठमाडौं, ११  जेठ ।  प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एनजिओको बहकावमा लागेर केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताको माग नउठाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन्।
बालुवाटारमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले दुई पार्टीको केन्द्रीय समिति मिलाउनु परेका कारण ३३ प्रतिशत नपुग्ने बताए।
‘कसैको बहकावमा लागेर जानुहुन्न’, ओलीले बैठकमा भने, ‘महिलाहरुलाई एनजिओहरुले ३३ प्रतिशत हुनुपर्छ अथवा यति प्रतिशत हुनुपर्छ भन्दिन सक्छन्। दुई वटा केन्द्रीय समिति मिलाउँदा ३३ प्रतिशत नभएको हुनसक्छ। हामीले धेरै छलफल गरेर गरेका छौँ। एनजिओलाई ट्याउँ ट्याउँ बोलिदिएको भरमा पुग्छ। हामीले काम गर्नुपर्छ।’

ओलीले केन्द्रीय समितिमा महिलाको सहभागिताको विषयमा पार्टी नेतृत्वमा छलफल भएको समेत बताए। ‘महाधिवेशन पछि कोर्स फरक हुन्छ’, ओलीको भनाई थियो।

हाल नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा ७७ मात्र महिला रहेका छन्। जुन १७ प्रतिशत हाराहारी हुन आउँछ। जबकी राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को ४ मा ‘दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने’ प्रावधान छ। ‘हामीले थाहा नपाएर यो गरेका हैनौँ’,  ‘हामीलाई सबै जानकारी छ। समयक्रममा मिलाउँछौँ ।’ एक नेताले भन्ने
बैठकमा प्रचण्डले भने केन्द्रीय समितिमा महिलाको सहभागिताको विषयमा मौनता साँधेका थिए। बैठकमा सहभागिता अघि नै सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई नागरिकताको प्रतिलिपी लिएर आउन निर्देशन दिइएको थियो। केन्द्रीय समिति बैठकको अधिकाशं समय केन्द्रीय सदस्यहरुले ‘सक्कल बमोजिम नक्कल ठिक छ’ भनेर नागरिकताको प्रतिलिपी हस्ताक्षर गर्न खर्चिएका थिए।

नेपाल कम्युनिष्ट पार्टीको बालुवाटारमा बसेको बैठकमा सहभागि केन्द्रीय सदस्यहरु।  बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षले भ्रष्ट्राचार नगर्न हुन नदिन निर्देशन दिएको बताए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरु सत्तामा पुगेर स्खलित हुने चिन्ता ब्यक्त गरेका थिए। उनले पुल भत्काएर अगाडि बढेको कारण एकता सम्भव भएको उल्लेख गरेका थिए। ओलीले भने सत्ता जितेर बिग्रने छुट नरहेको बताएका थिए। ‘सत्ता सञ्चालनका कारण बिग्रने हो भन्यो भने त सबैतिर बिग्रन्छौँ’, ओलीले भने, ‘स्थानीय, प्रदेश, संघ सबै तिर बिग्रिन्छौँ। हामी त सबैतिर सरकारमा छौँ। त्यसैले गरेर देखाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

सम्बन्धित

कुवेतमा घरेलु कामदार पठाउने भन्दै महिलालाई प्रलोभन दिने आरोपमा एक पक्राउ

मंसिरपछि महाधिवेशन धकेल्दा कांग्रेसको वैधानिकता संकटमा पर्न सक्छ : विश्वप्रकाश शर्मा

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

गरिमा चौधरी हत्याकाण्डको विरोधमा बुटवलमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu