काठमाडौँ, ११ जेठ । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्तीजनक फोटो बनाएर फेसबुकमा पोष्ट गर्ने एक जना पत्रकार पक्राउ परेका छन् ।
उदयपुरमा सञ्चालनको तयारीमा रहेको उपहार एमएमका निर्देशक सरोज निरौलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो । सिआईबीको निर्देशनमा उदयपुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।
निरौलाले सामाजिक सञ्जालमा फोटोसप मार्फत राष्ट्रपति र प्रधानमन्त्रीले अंगालो हालेको फोटो बनाई पोष्ट गरेका थिए । उक्त फोटोलाई सरकार विरोधीले फेसबुकमा ‘भाइरल’ बनाएका थिए । उनीविरुद्ध बिद्युतीय कारोबार ऐनअुनसार कारबाही गरिने प्रहरीले जनाएको छ । यसअघि पनि फेसबुकमा राष्ट्रपतिलाई जथाभावी गाली गर्ने एकजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्