ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीलाई अपहरण गर्न खोज्ने भारतीय सुरक्षाकर्मी पक्राउ


एबीसी न्यूज
१२ जेष्ठ २०७५, शनिबार   ६ : १४   बजे

रौतहट १२  जेठ  । नेपाली नागरिकलाई नेपाली भूमिबाटै अपहरण गरेर भारत लैजान खोज्ने भारतीय सुरक्षाकर्मीसहितको एक समूहलाई रौतहटका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

बाराको कलैया १७ निवासी महेश प्रसाद यादवलाई जबर्जस्ती गाडीमा राखेर लैजान खोज्दा नेपाली सुरक्षाकर्मीले गौर भन्सार बेरिएरबाट भारतीय टोलीलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेहरुमा भारतको बैरगनिया थाना प्रभारी सुजित कुमार, अक्षेवर खान, मिथलेश कुमार मिश्रा र महमद खान लगायत छन् ।

काठमाडौंस्थित एक गार्मेन्टमा काम गर्ने बिहार सितामढीको पचटकी निवासी ओहिद मन्सुरीका छोरा साबिन र उनको साथी मुमताज अहमदको पहलमा भारतीय सुरक्षाकर्मीको टोली यादवलाई लिन नेपाल आएको बताइएको छ ।

भारतीयको समूहले नेपाली नागरिक यादवलाई जबर्जस्ती गाडीमा हालेर फर्किन थालेपछि भन्सार सुरक्षा चेक प्वाइन्टमा तैनाथ नेपाली सुरक्षाकर्मीले गाडीसहित सबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भारतीय सुरक्षाकर्मीसहितको टोली जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘विषय रकम लेनदेनको रहेछ । भारतीय सुरक्षाकर्मीहरु हामीसँग कोअर्डिनेसन गरेर आउनुपर्थ्यो तर सीधै आए,’ प्रजिअ रिजालले भने, भारतीयलाई झुक्याएर बोलाएको हो कि उनीहरुको नियत नै अपहरण गर्ने हो त्यो कुरा बुझ्दै छौं ।’

स्रोतका अनुसार ओहिद मन्सुरीले एक कामको लागि भन्दै यादवसँग चार लाख रुपैयाँ लिएका थिए । तर उनी काममा आएनन् र सो रकम फिर्ता गर्न यादवले भन्दै आएका थिए । सोही रकम फिर्ता दिन भन्दै ओहिदको छोरा साबिन मन्सुरीले महेशलाई गौर बोलाएका थिए । गौर भन्सार नजिकैको एक होटलमा सँगै खाजा खाएपछि साबिनले फोन गरेर बैरगनिया थाना प्रभारीसहितको टोलीलाई गौर बोलाएका थिए ।

फोन गरेलगत्तै आएको भारतीय टोलीले यादवलाई गाडीमा जबरजस्ती राखेर भारततर्फ नै फर्किन लागेको थियो । शंका लागेपछि नेपाली सुरक्षाकर्मीले रोकेर सोधपुछ गरेका थिए ।

घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनोज यादव नेतृत्वको टोलीले गाडीसहित भारतीय टोली र नेपाली नागरिकलाई जिल्ला प्रहरी कार्यालय गौरमा लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group