ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार दीनानाथ शर्मा ‘उत्तम शान्ति पुरस्कार’ बाट सम्मानित


एबीसी न्यूज
१२ जेष्ठ २०७५, शनिबार   ६ : ५८   बजे

काठमाडौं, १२ जेठ ।  यसवर्षको उत्तम शान्ति पुरस्कार पूर्व शिक्षामन्त्री , एवं साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ ।
राजधानीमा शनिबार भएको एक कार्यक्रमबीचमा साहित्यकार शर्मालाई ताम्रपत्र र नगदले पुरस्कृत गरिएका हो ।

उत्तम कुँवर स्मारक पुरस्कार सम्मान गुठी २०४४ ले हरेक वर्ष प्रदान गर्ने उत्तम शान्ति पुरस्कार राष्ट्रियसभाका सदस्य समेत रहनुभएका शर्माको पछिल्लो कृति ‘बाह्रखरीको बोटमुनी’ साहित्यिक कृतिलाई पुरस्कृत गरेको हो । वि.स.२०७४ सालमा प्रकाशित उत्कृष्ट कृतिहरुको छनौटबाट एक जना आख्यानकारलाई पुरस्कार दिने गरिन्छ ।

साहित्यकार शर्माबाट प्रकाशित कृति बाह्रखरीको बोटमुनि नेपाली साहित्यमा नयां आयामको रुपमा आएको प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीले बताउनु भएको छ । युगचेतना मनोभाव नविन प्रयोग सृजनाशिलताले ओतप्रोत र रमणीय अन्तरमनले निबन्ध सजिएको प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीले चर्चा गनुभएको छ ।

प्राध्यापक गोपीकृष्ण शर्माले बाह्रखरीको बोटमुनि निबन्ध बाह्रय परिवेशमा टेकेर नौलो सौन्दर्यताको प्रयोग गरिएको बताउनु भयो । बाह्खरीको बोटमुनि निबन्ध आफ्नै सौन्दर्यता र कलात्मकरुपले प्रकट भएको प्रध्यापक शर्माले बताउनुभयो ।

त्यसैगरि प्रज्ञा प्रतिस्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्यमा नयां आयामको प्रार्दुभाव भएको बताउनु भएको छ । बाह्रखरीको बोटमुनि निबन्ध एक नयां र सिर्जनशितामा आधारित कृति भएको उहांको धारणा छ । उत्तम शान्ति पुरस्कार प्रदानले साहित्यीक अभियानमा थप नयां आयाम थपेको बताउनु भयो ।

नेपाली साहित्यको आख्यान क्षेत्रमा लेखन गर्ने बरिष्ठ साहित्यकारहरुलाई प्रत्येक वर्ष उत्तम शान्ति पुरस्कार प्रदान गरिन्छ । बिसं २०४४ सालमा स्थापित यो पुरस्कार तत्कालीन साहित्यकार उत्तम कुवरको स्मृतिमा स्थापना गरिएको हो । निबन्धकार शर्मालाई शनिबार प्रदान गरिएको पुरस्कार ३२ औ पुरस्कार हो । उत्तम कुवर स्मृति साहित्यीक गुठीबाट प्रत्येक वर्ष निबन्ध विधामा लेखन गर्ने साहित्यकारलाई पुरस्कार प्रदान गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group