कञ्चनपुर,१३ जेठ । भिमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा रहेको फर्निचर उद्योगमा अज्ञात समूहले बम विष्फोट गरेको छ । सन्तोष सुनारले संचालन गर्दै आउनु भएको श्री देवस्वामी तथा फर्निचर उद्योगको निर्माणाधिन भवनमा आइतबार बिहान ४ बजे अज्ञात समूहले बम विष्फोट गरेको हो । विष्फोट गरेकाले कसले र किन गर्यो भन्ने बारेमा खुल्न सकेको छैन ।
बिहान बम विष्फोट भएपछि चौकीदारले खबर गरेर आफूले घटना बारे थाहा भएको फर्निचर संचालक सन्तोष सुनारले बताउनुभएको छ ।
वार्षिक २५ हजार रुपैयाँका दरले नगर विकास समितिको ५ कठ्ठा जमिन लिज लिनु भएका सुनारले २०५८ सालदेखि फर्निचर उद्योग संचालन गर्दै आउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्