ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलंकी चोकमा असारदेखि अन्डरपासबाट सवारीसाधन गुड्ने


एबीसी न्यूज
१३ जेष्ठ २०७५, आइतबार   ८ : ४६   बजे

काठमाडौं, १३ जेठ । उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक हो– कलंकी जहाँ नागढुंगा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप अत्यधिक हुन्छ ।

अर्कोतर्फ चक्रपथ परिक्रमा गर्ने सवारीको लाम पनि उत्तिकै हुन्छ । जसले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाउँछ । अब यो समस्या अन्त्य हुँदै छ । कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी–कोटेश्वर सडक विस्तार कार्य पनि छिटै सम्पन्न हुँदै छ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उद्देश्यले डेढ वर्षअघि पहिलोपटक अन्डरपास सडक योजना अघि सारेको हो।

काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डरपास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । ‘कलंकी क्षेत्र वर्षौंदेखि अस्तव्यस्त र भद्रगोल देखिन्थ्यो । अहिले अन्डरपासले यस क्षेत्रको सवारी जाम हट्नेछ,’ उनले भने, ‘कलंकीदेखि महाराजगन्जसम्म सडक विस्तार गर्ने योजना पनि अगाडि बढेको छ । बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ ।असारदेखि अन्डरपासबाट सवारीसाधन गुड्नेछ ।’ अन्डरपास बनेसँगै चक्रपथ रुटका सवारी निर्बाध ढंगले चल्न सक्नेछन् । बल्खुको खसीबजारदेखि बाफलसम्म आठ सय ४० मिटर क्षेत्रफलमा अन्डरपास निर्माण भइरहेको योजनाले जनाएको छ।

बल्खु–स्वयम्भू चल्ने सवारीसाधन अन्डरपास भएर गुड्नेछ । त्यस्तै, त्रिपुरेश्वरबाट नागढुंगातर्फ जाने, नागढुंगाबाट बल्खु र कालीमाटीतर्फ चल्ने सवारीले साबिकको माथिल्लो सडककै प्रयोग गर्नुपर्नेछ । ‘अहिले कलंकीमा सवारी पास हुन एकतर्फको सडक नै बन्द गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अन्डरपास बनेसँगै बल्खुबाट स्वयम्भूतर्फ जाने सवारीसाधन रोकिनु नै पर्दैन ।’ चक्रपथ सडक सुधार योजनाले अन्डरपास बनेसँगै कलंकी क्षेत्रको ट्राफिक जाम हट्ने जनाएको छ । चक्रपथ सुधार योजनाअन्तर्गत चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले डेढ वर्षअघि कलंकीको मुख्य चोकमा अन्डरपास निर्माण थालेको थियो।

कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी–कोटेश्वर सडक विस्तार कार्य पनि छिटै सम्पन्न हुँदै छ ।

प्रतिघन्टा ५० किलोमिटर गुड्ने सवारीसाधन चलाउन मिल्ने गरी अन्डरपासको डिजाइन तयार पारिएको योजना प्रमुख भण्डारीले बताए । कामनपा– १४ स्थित कलंकीको मुख्य चोकमा निर्माणाधीन यो अन्डरपास सडक नेपालकै पहिलो प्राजेक्ट हो । पैदलयात्रु भने अन्डरपासबाट हिँडडुल गर्न पाउनेछैनन् । उनीहरूलाई सडक पार गर्न जेब्राक्रस राखिनेछ । चीन सरकारको ५१.२ करोड युआन (करिब ५ अर्ब रुपैयाँ) मा अन्डरपास निर्माण गर्न लागिएको हो । अन्डरपास निर्माणसँगै कलंकीमा सवारी जाम हट्ने मात्रै होइन, कलंकीकै रूप फेरिने बताइएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group