धनगढी, १३ जेठ । कैलालीको धनगढी उपहानगरपालिका–१ मा गोली प्रहार गरि ९ लाख रुपयाँ लुटपाट भएको छ ।
आईएमईबाट रकम झिकेर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्की माथि गोली प्रहार भएको हो ।
गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ । गोली लागेर घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्