ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा ‘म्हेन्दु’ चलचित्रको छायाङ्कन सुरु


एबीसी न्यूज
१३ जेष्ठ २०७५, आइतबार   ११ : १४   बजे
नेपाली कथानक चलचित्र ‘म्हेन्दु’ छायाङ्कन डोल्पाको त्रिपुरा सुन्दरीबाट सुरु भएको छ । सुन्दर परी अर्थात  म्हेन्दुकाे नेपालकै प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिरमा विशेष पूजाआजा पछि छायाङ्न सुरु भएको हो ।

नेपालको उत्तरी सीमासँग जोडिएको उपल्लो डोल्पा र तल्लो डोल्पाको जीवनशैली पर्दामा देखाउँदै दुबै ठाँउका स्थानीयबीच सम्बन्धलगायतको कथाबस्तु समेटेर निर्माण थालनी गरिएको निर्देशक देब नेपालले जानकारी दिए ।

चलचित्रले उपल्लो डोल्पा र तल्लो डोल्पाका समुदायबीच सामाजिक तथा भाषिक पक्षमा देखिएको समस्या तथा समाजमा कायम रहेको अन्धविश्वास र रुढीवादी परम्परालाई उजागर गरिएको समेत निर्देशक नेपालले बताए ।

म्हेन्दुको सम्पूर्ण छायाङ्कन तल्लो डोल्पा र उपल्लो डोल्पामा गरिने निर्माण पक्षले जनाएको छ । देब नेपालको लेखन तथा निर्देशन रहेको म्हेन्दुको निर्माता अर्जुन डोटेल, प्रस्तुतकर्ता सुदिप डोटेल, द्धन्द निर्देशक राजु किँराती, कार्यकारी निर्माता चन्द्रमणि, संगीत बिमल डाँगी, सरोज कोइराला, पुरोषत्तम कुमार लामाको रहेको छ ।

अभिनयमा भोला तिमेल्सेना, सोनु पुमा, रमेश सोडारी, यसराज कुमार श्रेष्ठ, किशोर खतिवडा, बिन्दा थिङ, प्रतिक्षा खतिवडा, लक्ष्मण देबकोटा, बाबुराजा शाक्य चन्द्र मुड्भरीलगायतले गर्ने छन् । मारोन मुभिज एण्ड ईन्टरटेन्टमेन्टद्धारा प्रस्तुत चलचत्रिको छायाङ्कनमा बिक्रम कार्कीले गर्ने छन् ।

झन्डै एक महिना लगाएर खिचिने म्हेन्दुको कुल लागत एक करोड ३० लाख अनुमान गरिएको निर्देशक नेपालले बताए । आगामी भदाैंसम्म प्रर्दशन गर्नेगरि छायाङ्न सुरु गरिएको म्हेन्दु नेपाली, अंग्रेजी, जापनिजलगायत चारवटा भाषामा अनुवाद गरिने निर्माण पक्षले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group