ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी, काम दिन नसके तलब दिने योजनामा सरकार


एबीसी न्यूज
१३ जेष्ठ २०७५, आइतबार   ११ : ३८   बजे


काठमाडौं, १३ जेठ । केपी ओली नेतृत्वका सरकारले आगामी वर्षको बजेटमार्फत नेपालको इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्ने भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई एक वर्षमा कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी गरेको हो ।
यो कार्यक्रम पहिलो चरणमा प्रदेश ६ र ७ का विपन्न वर्गका नागरिकबाट सुरु गर्ने तयारी भएको अर्थ मन्त्रालयका एक कर्मचारीले बताए ।
सरकारले रोजगारी नभएकाहरुलाई सय दिनका लागि आफैंले काम खोजिदिने र सरकारले काम दिन नसकेको खण्डमा सरकारी ढुकुटीबाटै सय दिनको पारिश्रमिक बापत तलव दिने व्यवस्था गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

यसका लागि कृषि, उद्योग, वन, शिक्षा, स्वास्थ्य, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, मन्त्रालयसहित पुनर्निर्माण प्राधिकरण लगायतका निकायलाई आफ्ना क्षेत्रमा आवश्यक जनशक्तिको विवरण राख्न लगाइनेछ ।

पहिलो वर्ष २५ जिल्लाबाट सुरु गर्ने तयारी छ भएपनि बजेटका आकारलाई हेरेर केही जिल्लाहरु घट्न सक्ने मन्त्रालयका एक कर्मचारी बताउछन् । यो वर्षबाट सुरु हुने कार्यक्रम विस्तारै सबै जिल्लामा पुर्‍याउने र रोजगार ग्यारेन्टी अवधि पनि बढाउँदै लैजाने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

कपिलवस्तुमा तीन दिनमा लागुऔषधसहित सात जना पक्राउ

स्टारलिंकको नेपाल प्रवेश अझै अनिश्चित, २० प्रतिशत स्थानीय साझेदारीको व्यवस्था कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu