कैलाली, १३ जेठ । प्रदेश सरकारले स्थानीय जनप्रतिनिधिको सेवा सुविधाबारे निर्णय गर्दै कैलालीको लम्कीचुहा नगरपालिकाले वडाध्यक्ष र विभागीय प्रमुखहरुलाई मोटरसाइकल बाँडेको छ । नगरपालिकाले वडा अध्यक्ष र विभागीय प्रमुखहरुलाई १ सय ५० सीसीको १४ थान पल्सर मोटरसाइकल दिएको हो ।
आर्थिक वर्ष सकिनै लाग्दा जनप्रतिनिसधहरुलाई करिब अढाई लाख पर्ने मोटरसाइकल बाँढेको भन्दै आलोचना भएको छ ।
स्थानीय बासीहरुले स्थानीय सरकार जनताका काममा ध्यान नदिई सुविधाभोगी भएको बताए । चुनावका बेला गरेका सबै वाचा चुनाव जितेपछि भुलेकोमा दुख लागेको स्थानियबासीहरुले चरम गुनासो गरेका छन् ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त चलाउनेले अभने मोटरसाइकल लिएर गल्ती गरेको महसुस भइरहेको बताए । लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाले भने मोटरसाइकल बाँढ्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताइन् । मोटरसाइकल दिने भन्ने कुरा सुनेको तर भएकालाई नदिई नभएकालाई दिउ भन्ने आफ्नो प्रस्ताव मेयरले अस्वीकार गरेर आफूखुशी गरेको उपमेयरको गुनासो छ ।
नगरपालिकाका मेयर महादेव बजगाईले भने मोटरसाइकल जनप्रतिनिधिलाई नभएर वडा कार्यालयलाई दिएको बताए । समयमा काम सम्पन्न गर्न र अनुगमनका लागि सजिलो होस् भनेर कार्यपालिकाको निर्णयअनुसार सबै प्रक्रिया पूरा गरेर मोटरसाइकल खरिद गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्