काठमााडौं, १३ जेठ । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलब ९ प्रतिशत पुग्ने अनुमान गरेको छ।
‘विगत १० वर्षको आर्थिक वृद्धिदर ४ दशमलब ३ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा ५ दशमलब ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ’, ०७४/७५ को आर्थिक सर्वेक्षण संसद्मा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले भने। त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। ‘६० लाखभन्दा बढी मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेका छन्’, अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्