ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण ढुंगेलसहितको कैद माफी प्रस्ताव मन्त्रिपरिषद्‌मा , आजै कैद माफीको निर्णय हुने


एबीसी न्यूज
१३ जेष्ठ २०७५, आइतबार   ४ : ४४   बजे

काठमाडौं, १३ जेठ ।  सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेता तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको बाँकी कैद माफी सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ।

ढुंगेलसहित करिब ८ सय ५० कैदीको कैद माफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा पठाएको हो।  आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै छ। सम्भवतः आजै कैद माफीको निर्णय हुने गृह मन्त्रालय स्रोतले जनाएको छ।

कारागार व्यवस्थापन नियमावली र कार्यविधि अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सकिन्छ। सोही प्रावधान अनुसार ढुंगेललाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको छ। कैद माफी गर्न सरकारले निर्णय गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनुपर्छ। आइतबार सरकारले निर्णय गरी सोमबार राष्ट्रपतिले स्वीकृत गरी मंगलबार कैदीहरुलाई छाड्ने तयारी छ।

नेपालको कानुन अनुसार जन्मकैद सजाय भनेको अधिकतम २० वर्ष मात्र कैद सजाय हुन्छ। ढुंगेल द्वन्द्वकालमै पक्राउ परी साढे ७ वर्ष जेल बसेका थिए। कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैसाखमै ८ वर्ष पुगिसकेको छ। २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ। त्यसकारण असल चालचालनको कैदी भनेर सोही कार्यविधि अनुसार उनलाई जेलमुक्त गर्न लागिएको हो।

कार्यविधि अनुसार २३ वटा मुद्दा बाहेक अन्यमा कैद माफी दिन सकिने प्रावधान छ। कर्तव्य ज्यान मुद्दालाई पनि माफी दिन मिल्ने अन्तर्गत राखिएको छ। जसकारण ढुंगेलले पनि १२ वर्ष कैद माफी पाउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

कपिलवस्तुमा तीन दिनमा लागुऔषधसहित सात जना पक्राउ

स्टारलिंकको नेपाल प्रवेश अझै अनिश्चित, २० प्रतिशत स्थानीय साझेदारीको व्यवस्था कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu