काठमाडौं, १३ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । आज बयानका क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो । उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।
जिल्ला अदालत मोरङमा दिएको ३७ पेज लामो वयानका क्रममा गोरेले आफूमाथि लागेको सुन तस्करी र सनम शाक्य हत्याको आरोप पनि अस्वीकार गरका हुन् ।
गोरेले बयानका क्रममा थाई एयर र फ्लाइ दुबईको जहाजबाट सुन ल्याउने गरेको बताएका छन् । बयानमा उनले सुन तस्करीमा आफूभन्दा पनि अरु व्यक्तिको संलग्नता बलियो भएको, आफू व्यवस्थापनका काममा मात्रै संलग्न रहेको बताएका छन् । स्रोत लोकान्तर
यस्तो छ बयान :
प्रतिक्रिया दिनुहोस्