काठमाडौं, १३ जेठ । शिक्षा क्षेत्रको सुधार सगै शिक्षामा समान पहुँच पु-याउन लागी आफुले सक्दो पहल गर्ने कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ्गले बताएका छन् ।
शैक्षिक अभियान राष्ट्रिय पाक्षिकले आयोजना गरेको उच्च शिक्षा स्वदेश र विदेशमा अवसर र चुनौतिमा अहिलेको सरकारको कानुनी भुमिका विषयको अन्र्तक्रिया कार्यक्रममा मन्त्री तामाङ्ग उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै उनले अनिवार्य शिक्षा र निःशुल्क शिक्षामा जोड दिनु पर्ने बताउदै शिक्षा मौलिक अधिकार भएको हुदा शिक्षामा सबै नागरीको समान सहभागिता र पहुचमा विकास गर्न सबैलाई समेत गरे ।
शिक्षामा सरकारको कानुनी भुमिका महत्वपुर्ण हुने हुदा त्यो भुमिकाबाट कहिल्यै नचुक्ने उनले दावी गरे ।
शिक्षालाई मर्यादित बनाई शिक्षामा भैरहेको कमीकमजोरी हटाउन अन्र्तक्रिया कार्यक्रममको आयोजना गरिएको शैक्षिक अभियान राष्ट्रिय पाक्षिकका अध्यक्ष मिन अधिकारीले बताए । उच्च शिक्षामा स्वदेश र विदेशमा हुने अवसर र चुनौतीमा अहिलेको सरकारको कानुनी भुमिका महत्वपुर्ण हुने हुदा शिक्षालाई निति निर्माणमा कार्यान्वयन गर्न जोड दिए।
अन्र्तक्रिया कार्यक्रममा तीन जनालाई विशेष सम्मान गरिएको छ । कार्यक्रममा हाल निर्वाचित शैक्षिक परामर्श संघहरु , ईक्यान ,आइरिन , फेकन र नाइसका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र सहित सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्