ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ लाख रुपयाँ सहित एक किलो सुन र लुटेने सशस्त्र प्रहरीका असई पक्राउ


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   ७ : १०   बजे

काठमाडौं १४ जेठ, । करिब एक किलो सुन र ११ लाख रुपैयाँ लुटेको आरोपमा सशस्त्र प्रहरीको सहायक निरीक्षक (असई) विशाल खड्का पक्राउ परेका छन् । सशस्त्र मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत् खड्का काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न भएको आरोपमा आइतबार पक्राउ गरेको हो ।

खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३.१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

‘७ जनाको समूहमा भएका मध्ये एक जनासँग ती व्यवसायी परिचित थिए’, घटनाको अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘उनकै सूचनाको आधारमा व्यवसायी लुटिएका थिए ।’ व्यवसायीले त्यो सुन गाल्न र गहना बनाउने ल्याएको बताएका छन् ।

घटनामा संलग्न अभिनाश शाह, प्रविन गिरीलाई यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरिसकेको छ । शाह नै लुटपाटको मुख्य योजनाकार भएको प्रहरीको दाबी छ ।

घटनामा संलग्न ४ जना अझै फरार छन्, फरार अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुमाथि जबरजस्ती चोरी, डाँका र संगठित अपराध ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले  बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu