ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरेको बयानले कम्जोर बन्यो सुन काण्ड : ठूला तस्कर छुट्ने खतरा (वयान सहित )


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   ८ : १२   बजे

 

मोरङ, १४ जेठ । ३८ क्यून्टल सुन तस्कर र सनम हत्या काण्डमा मुख्य अभियुक्त गोरेको बयानपछि नेपालको सुनकाण्ड नयाँ मोडमा पुगेको आँकलन हुन थालेको छ ।

आम जनमानसमा गोरे पक्राउ पर्नासाथ तस्करीमा संलग्न माथिल्लो तहका व्यक्तिहरु पनि पक्राउ पर्लान् भन्ने थियो तर उक्त आशा र अपेक्षा गोरेको ४ दिनको बयानपछि सिथिल बनेको विश्लेषण हुन थालेको हो ।
गोरे आफू पूर्पक्षको लागि थुनामा त गए नै तर सुुन तस्करीमा संलग्नलाई समेत सुरक्षित बनाएर जेल चलान भएको विश्लेषणलाई बल पुग्ने केही आधारहरु पनि फेला परेका छन् ।

चार दिनसम्म जिल्ला अदालतमा गोरेले बयानमार्फत के–के नै नयाँ कुरा सार्वजनिक गर्लान् भनेर उत्सुक भएर बसेकाहरुलाई अन्तिममा सार्वजनिक भएको बयानलले सुन काण्ड अब कता मोडिने हो भन्ने अन्यौल थपिदिएको छ ।

गोरेले आफूभन्दा माथि पनि सुन तस्करीको जालो रहेको बताए पनि त्यसमा को–को संलग्न रहेको भन्नेबारे मुख खोलेका छैनन् । उनले आफू सानो तहको व्यक्ति भएकाले माथि कस–कसको हात थियो भन्ने थाहा नहुने जिकिर गरेर सबैलाई आश्चर्यमा पारेका छन् ।

उनले बयानमा भनेका छन्, ‘सुन तस्करी गर्ने काम प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गर्छ । तर यसमा को–को संलग्न छन् भन्ने चाहिँ एकिन भन्न सक्दिन ।’

गोरेले सुन तस्करीकै अनुसन्धानका लागि पक्राउ परेका डीआईजी गोबिन्द निरौलाले सुन तस्करीसँग सम्बन्धित धन्दा नगर्न भनी आफूलाई सम्झाएको भन्दै निरौलालाई बचाउने कोशिस गरेका छन् । डीएसपी प्रजित केसीले भने सनम शाक्यको शव लुकाउन पैसाको डिल गरेको बताएका छन् ।

गोरेले सनमको हत्यापछि डीएसपी केसीले रकमको डिल गरेको बताएका छन् । बयानमा उनले सई बालकृष्ण सञ्जेललाई आफूले मामा भन्ने गरेको र उनीसँग बेला बेला सम्पर्क भइरहने बताएका छन् ।
‘बालकृष्णको घर पूर्व नै भएकाले म मामा भन्थेँ । हामीबीच कहिलेकाँही फोन सम्पर्क भइरहन्थ्यो । निजले काठमाडौं गोठाटारमा घर बनाउँदै गर्दा मसँग ३५ लाख रुपैयाँ मागेका थिए । त्यो रकम मैले दिएँ । पछि २५ लाख रुपैयाँजति फिर्ता गरिसकेका छन् । अब १० लाख लिन बाँकी छ’, गोरेले बताएका छन् ।
गोरेको बयानलाई हेर्ने हो भने तस्करीबाट आएको सुन सबै भारत जान्छ । आफू सुन तस्करीमा सहयोग गर्ने तल्लो लेबलको मानिस भएकाले लेखिए बमोजिमको बिगो कायम हुने हैन । आफूभन्दा माथिल्लो तहका सुन तस्करीका नाइके प्रहरीका उच्च अधिकारी, तथा राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने गेरेले बयान दिएका छन ।

तर गोरेले सनम शाक्यको अपहरण र हत्या कसैले पनि नगरेको र सनमको हत्या भबितब्यबाट भएको जिकिर पनि बयानमा गरेका छन् । बयानमा सन् २०१५ देखि १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बराबरको बिगो मागसहित पेश भएको मुद्दामा गोरेले त्यति धेरै बिगोको सुनको कारोबार भएका भए आफ्नै आर्थिक हैसियत अर्कै हुने बयानमा उल्लेख गरेका छन् ।

अदालतमा दिएको बयानमा उनले भनेका छन्, ‘एयरपोर्टमा आउने सुन बाहिर ल्याउने एयरपोर्ट भित्रका प्रहरी एयरपोर्ट बाहिरका प्रहरी सबैको सहयोग चाहिन्छ । मेरा काका पर्ने डीआईजी गोविन्द निरौला एयरपोर्टको चिफ भएर गएपछि मैले लाइन मिलाइदिनुपर्यो भन्दा मलाई उल्टै गाली गरी धन्दा छाड्न भने । त्यसपछि छिरिङले एयरपोर्ट बाहिरको डीआईजीमार्फत भित्रका एसएसपी श्याम खत्रीसँग लाइन मिलाए । निज खत्रीले नै सुन बाहिर निकाल्थे र रकम बुझ्ने गर्थे ।’
कारोबारको सम्पूर्ण फेहरिस्त मृतक सनम शाक्यले राख्ने गरेको गोरेको दाबी छ । रजिष्टरमा लेखिएका अक्षर मृतक सनमले लेखेको उनले बताएका छन् । सुन कारोबारेका एकिन विवरण राख्न रजिष्टर खडा गरिएको पनि गोरेको भनाई छ । ‘रजिष्टरमा उल्लेखित डीआइजी, एसपी, डीएसपी, पुलिस, ड्राइभर को–को हुन् एकिन भन्न सक्दिँन’, उनले भनेका छन्– ‘एयरपोर्ट बाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिइन्थ्यो । एसएसपी श्याम खत्रीले रकम बुझेर लाने गरेको मलाई थाहा छ । अन्य कुरा थाहा छैन । प्रहरीको माथिल्लो दर्जामा प्रतिवादी छिरिङले लाइन मिलाउने भएकाले धेरै कुरा निजलाई थाहा छ ।’

बयान हेर्न किलिक गर्नुहोस

Gore Bayan Adalat

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group