ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाता प्रमाणीकरणको नक्कली कागजपत्र बनाई मिर्गौला निकालियो


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   ८ : ५७   बजे

काठमाडौं,१४ जेठ । बनेपा नगरपालिका–२ गिरीगाउँका मानसिक रूपमा अस्वस्थ्य २९ वर्षीय कुमार गिरीलाई मिर्गौला निकालिएको पाइएको छ । विराटनगर उपमहानगरपालिका–१ मोरङ घरभई भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतले नाता प्रमाणीकरणको नक्कली कागजपत्र बनाई प्रलोभनमा पारेर गिरीको मिर्गौला निकालेर प्रत्यारोपण गरेको पीडितका ठूलोबुबा गणेश गिरीले बताए । नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा गिरीको मिर्गौला चोरी भएको हो ।

‘झण्डै तीन महिना लगाएर स्वास्थ्य परिक्षण गर्‍यो, वीर अस्पताल–मानव अङ्ग प्रत्यारोपण केन्द्रमा दिसा, पिसाब, रगत परिक्षण गर्‍यो,’ पीडित कुमार गिरीले भने, ‘घरजग्गा पास गरिदिन्छु भन्दै प्रलोभन देखाएर थर्कबहादुरको छोरा आशिष बस्नेतको नाममा नाता प्रमाणीकरण गरी मिर्गौला निकालियो ।’ नाता प्रमाणीकरणका लागि सल्लाघारी स्थित फोटो स्टुडियोमा फोटो खिचाएको समेत उनले बताए ।

आफ्नो छोरो भएको भन्दै नक्कली कागजपत्र बनाएर गिरीको मिर्गौला निकालेर थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिएको हो । वैशाख १० गते मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको र एकसाता अस्पतालमा उपचार पछि बस्नेतको डेरामा लगिएको पीडितले बताए । छिमेकी डिल्लुराम गिरी र लालचन्द्र गिरीसँग आशिषको चिनजान भएको र सोही आधारमा थर्कमान (आशिषका बुबा) लाई मिर्गौला चाहिएपछि आफूलाई पच्छ्याउन थालेको पीडित गिरीले बताए ।

‘आफ्नो बुबालाई मिर्गौला दिने व्यक्तिको खोजीमा रहेका आशिषलाई छिमेकीले हेर्दा बहुला जस्तो देखिने, लाटोरलाटो व्यक्ति भनेर चिनाएछन्,’ उनले दुखेसो पोखे । डिल्लुराम र लालचन्द्र गिरीले आशिषसँग सेटिङ मिलाएपछि आफूलाई चाँगुनारायणबाट मोटरसाइकलमा हालेर अस्पताल पुर्‍याएको पीडितले बताए ।

‘एकपल्ट अस्पतालबाट भागेपछि फेरी तेरो नाममा १० हजार दिईसकेको छ, त्यो रकमको चुक्ता गर्ने भए गर नत्र हामीले भनेको मान्नुपर्छ भन्दै थर्कायो,’ उनले भने, ‘आफूसँग एकपैसा थिएन, पछि घरजग्गा पास गरिदिन्छु भन्दै फकाए ।’ सोही अनुसार करीब ३ महिनासम्म गिरीलाई पालन–पोषण गरेर पत्थरीको समस्या छ भन्दै त्यसको उपचारका नाममा अस्पताल भर्ना गरेर मिर्गौला निकालिएको पीडित बताउँछन् । मानसिक समस्याका कारण प्रायजसो आफन्त नातागोताकोमा बस्दै आएका गिरी महिनौ बाहिर रहँदा पनि एक ले अर्काकोमा बसेको होला भन्ने विश्वासले छोडेको उनीहरूले बताएका छन् ।

‘बेलारबेलामा मानसिक रोगको औषधी सेवन गर्दै आएको थियो,’ पीडितका बुबा भोलानाथ गिरीले भने, ‘घरमा त्यति नबस्ने, आफन्तहरूकैमा उसको बसाई धेरै, त्यसैले वास्ता भएन अहिले यो हालत भयो ।’ गिरी अस्पतालबाट डिस्चार्ज भएपछि झण्डै दुईसाता बस्नेतकै डेरामा राखेका उनलाई जेठ ९ गते मोटरसाइकलमा हालेर आशिषले सीतापाइलास्थित फूपु दिदी ९शारदा गिरी०को घर नजिकैको सडकमा छोडिएको उनले बताए । फुपु दिदीको घर पुगेर नुहाउँदा मात्र पेट चिरिएको देखेपछि सोधपुछ गर्दा मिर्गौला निकालिएको खुलेको पीडितको आफन्तहरू बताउँछन् ।

जसअनुसार शुक्रबार पीडितका आफन्तले भक्तपुर प्रहरीमा मौखिक उजुरी गरेपछि मिर्गौला प्रत्यारोपण गरिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मात्र जाहेरी दर्ता भएको र उक्त जाहेरी अनुरूप नै प्रहरीले मानव अङ्ग बेचबिखन मुद्दा दर्ता गरेको जनाएको छ । पीडित पक्षले घटनामा अस्पतालको समेत मिलेमतो रहेको आशंका गर्दै, घटनामा संलग्नहरूको तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group