ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्कर गोरेको लगानी कहाँ –कहाँ


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   ९ : ३३   बजे


काठमाडौं, १४ जेठ । ३ ८ सय केजी सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य आरोपी चुडामणि उप्रेती गोरेले काठमाडौंको टोखामा बुटिकमा सञ्चालन गरेको रहस्य खुलेको छ।

प्रहरीको अनुसन्धनको क्रममा २०७३ जेठ १८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर गाजलु द बुटिक एन्ड पार्लर नामक कम्पनी सञ्चालन गर्दै आएको खुलेको हो।

सुन तस्करी र हत्यामा प्रतिवादी रहेकी उनकी श्रीमती नर्बदा खरेल (निरु) र साली दुर्गा खरेलले सञ्चालन गर्ने उक्त बुटिकले नेपाल भित्र र नेपाल बाहिर अर्डरअनुसारका डिजाइनिङ कपडा आपूर्ति गर्दै आएका थिए ।

बुटिकले दुबई, अष्ट्रेलिया र अमेरिकामा रहेका नेपाली र भारतीयलाई डिजाइन पोशाक आपूर्ति गर्ने गरेको देखिएको हो।
कम्पनी रजिष्ट्रारको कार्यालयमा १५०१९० दर्ता नम्बर रहेको सो बुटिक गाजलु द बुटिक एण्ड पार्लरमा दर्ता रहेको छ।

कर कार्यालयमा समेत दर्ता रहेको उक्त बुटिक गोरेले सुन तस्करीबाट आर्जेको कालोधनलाई शुद्धिकरणका लागि प्रयोग गरेको हुनसक्ने अनुसन्धानमा खटिएका अधिकारीहरु बताउँछन्। गाजलु बुटिकले नयाँ सडकस्थित अस्मरा बुटिकबाट डिजाइन गरेका कपडा किनेर त्यसलाई मार्केटिङ गरी बेच्ने गरेको तथ्य देखिएको छ।

सो बुटिक गोरेकी श्रीमती नर्बदा र साली दुर्गाको रेखदेखमा सञ्चालन हुँदै आएको थियो। अस्मरा बुटिककी सञ्चालक झापाकी टेरसा थापा हुन्। उनले फरार गोरेकी श्रीमती नर्बदा पनि फेसन डिजाईनर भएको बताइन्। ‘उनीहरुले मैले डिजाइन गरेका कपडा लगेर बेच्ने गरेका थिए’, उनले भनिन्।

सुन तस्करीको अनुसन्धानको चर्चा सुरु भएपछि नर्बदा र दुर्गा सम्पर्कमा नआएको उनको भनाइ छ। ‘हाम्रो बुटिकबाट कपडा लगेर बेचबिखन गर्दै आएका थिए। अरु हामीलाई केही जानकारी भएन’, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

कालीमाटीमा आज अधिकांश तरकारीको भाउ स्थिर, केहीमा सामान्य घटबढ

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu