ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइयो


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   १२ : ५०   बजे

काठमाडौँ, १४ जेठ ।  उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ ।

गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले ५०० जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि रु एक हजार जरिवाना गर्न थालेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जेठ ४ गतेदेखि हालसम्म ६४९ माइक्रोबस तथा टेम्पोलाई कारवाही गरिएको बताउनुभयो ।

“उभ्याएर यात्रु बोक्ने १८ सिटभन्दा कम क्षमताका माइक्रोबस र टेम्पोलाई कारवाही गरेका हौँ”, उहाँले भन्नुभयो । महाशाखाले उपत्यकाका ५० भन्दा बढी मार्गका १५५ माइक्रोबस र ४९४ टेम्पोलाई कारवाही गरेको हो ।

महाशाखाका प्रमुख पन्तले पहिले रु ५०० जरिवाना गर्दै आएकामा शनिबारदेखि यातायात व्यवस्था विभागले रु एक हजार लिने गरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेको र सोहीअनुसार जरिवाना लिँदै आएको जानकारी दिनुभयो । ठूला सवारी साधनको हकमा सो नियम अझैसम्म लागू भएको छैन । उपत्यका बाहिर चल्ने लामो दूरीका सवारी साधनले भने यात्रु उभ्याएर बोक्ने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu