ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   २ : ११   बजे

 

विराटनगर, १४ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गर्नुभएको छ ।

प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै जिल्लामा एकैसाथ आज यो कार्यक्रम शुभारम्भ भएको हो ।

यस प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुले जनताको घरदैलोमा प्रहरी खटाएर सुरक्षित स्थानमा स्टिकर टाँस्ने र परिवारको लगतसमेत संकलन गर्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा शुरु भएको उक्त कार्यक्रमलाई ‘जनतासँग प्रहरी कार्यक्रम’ नामकरण गरिएको छ । सो स्टिकरमा प्रदेश प्रहरी कार्यालयको मोबाइल, टेलिफोन नम्बर, टोल फ्री नम्बर, संघीय इकाइ प्रहरी कार्यालय धरानका साथै जिल्ला प्रहरी कार्यालयका टेलिफोन नम्बर समावेश गरिएको छ ।

‘तपार्इंको सूचना, सबैको सुरक्षा’ मूल नाराका साथ सो स्टिकरमा उल्लेख गरिएका नम्बरमा फोन गरी तपाईंको गाउँघरमा कुनै घटना÷दुर्घटना वा सुरक्षा आवश्यक परेमा तुरुन्त प्रहरीलाई खबर गर्न सकिने भएको छ ।

मुख्यमन्त्री राईले सरकारको पहिलो दायित्व जनतालाई सुरक्षा, सम्मान र सुशासनको प्रत्याुभूति गुराउनु जिम्मेवारी रहेको बताउनुभएको छ ।

प्रदेशलाई सुरक्षित, सुशासित, अपराधमुक्त र भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “प्रदेशको समृद्धिका लागि तीव्र गतिमा विकासका कार्यलाई अघि बढाएर यस प्रदेशलाई नमूना प्रदेश बनाउनुपर्छ ।”

मुख्यमन्त्री राइले स्टिकरको माध्यमबाट प्रहरीसँग जनताको सम्पर्क बढ्ने र आपराधिक घटना पनि कम हुँदै जाने भएकाले यो कार्यक्रम देशभरिमै लागू गराउन व्यापक रुपमा प्रचारप्रसार आवश्यक रहेको जानकारी गराउनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले यो स्टिकरको माध्यमबाट जनताले चाहेको बेलामा प्रहरीसँग सम्पर्क गर्न सक्ने भएकाले अपराधविहीन समाज स्थापनामा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सूचनामूलक स्टिकर टाँस्ने कार्यलाई निरन्तरता दिनुपर्ने र यस कार्यमा स्थानीय तहले सहयोग गर्ने बताउनुभयो ।

प्रहरी नायब महानिरीक्षक केदार रिजालले प्रहरीले उच्च मनोबलका साथ शान्ति सुरक्षाका लागि कार्य गरिरहेको उल्लेख गर्दै जनता–प्रहरी कार्यक्रममार्फत प्रहरी घर घरमा पुगेर कार्यक्रमलाई सफल बनाउन अग्रसर रहने उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, प्रहरी उपरीक्षक मनोजकुमार केसीसहितका वक्ताले कार्यक्रमका विविध पक्षमा चर्चा गर्नुभएको थियोे ।

यसअघि, स्टिकर टाँस्ने कार्यक्रमबारे जनचेतना जगाउन विराटनगरको आदर्श उच्च माविबाट निस्केको ¥यालीमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रजिअ आचार्यलगायत स्थानीय, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारसहितको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group