ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महँगो रकममा अनमोलले साइन गरे हिन्दी फिल्म


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   २ : २०   बजे
काठमाडौं, १४ जेठ ।   झरना थापाको निर्देशन रहने सिनेमा ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका अभिनेता अनमोल केसीले निर्देशक मिलन चाम्सको आउने अर्को सिनेमा पनि काम गर्ने भएका छन् ।यो सिनेमाको नाम भने अहिले खुलाइएको छैन ।  नाम नखुलाइएको यो सिनेमाको सम्पूर्ण छायांकन नेपाल बाहिर हुनेछ ।
 सिनेमाको कथा अत्यन्तै मन परेका कारण आफूले यो सिनेमामा काम गर्ने भएको अनमोलले बताएका छन् । तीन करोडको बजेटमा बन्ने यो सिनेमामा मिलनले अनमोलको जोडीको रुपमा पुरानै नायिका राख्ने निर्णय गरेका छन् । यद्यपि कसलाई राख्ने भन्नेमा अझै टुंगो लागेको छैन ।

भर्खरैमात्र दुईवटा सिनेमा फाइनल गरेका अनमोलले हिन्दी सिनेमामा पनि अभिनय गर्ने भएका छन् ।  उनले हिन्दी सिनेमाको लागि पनि मोटो रकम लिएको जनाएका छन् ।

अनमोलले अभिनय गर्ने भनिएको सिनेमा हिन्दी र नेपाली भाषामा बन्ने छ, जसलाई चर्चित भारतीय निर्माताले बनाउन लागेका हुन् । तर कुन निर्माताले यो सिनेमा निर्माण गर्न लागेका हुन् त्यसको जानकारी निर्माण पक्षले केही दिनपछि पत्रकार सम्मेलन गरेर दिने बताएको छ ।

यो सिनेमामा दुई जना अभिनेत्रीको मुख्य भूमिका रहनेछ । सिनेमामा एक जना बलिउड अभिनेत्री एक जना नेपाली अभिनेत्री रहने बताइएको छ । सिनेमामा बलिउड अभिनेता ज्याकी श्राफले पनि काम गर्ने चर्चा भैरहेको छ । अनमोलको सिने करिअरका लागि यो सिनेमा विशेष रहनेछ ।

फागुन १० गतेबाट फ्लोरमा जाने यो सिनेमाको छायांकनका क्रममै अनमोलले हिन्दी र नेपाली भाषामा संवाद बोल्ने भएका छन् । सिनेमामा समावेश गीतमा हिन्दी भाषाका लागि बलिउड कलाकारले आवाज दिनेछन् भने नेपाली भाषाकालागि नेपाली कलाकारले नै आवाज दिनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group