ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली नेतृत्व सरकारका १ सय दिनको काम ७८ पेजमा


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   २ : ४४   बजे

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । सरकारले १०० दिनमा २४५ वटा निर्णय गरेको छ। यसबीचमा २० पटकको मन्त्रिपरिषदको बैठकले २४५ वटा निर्णय गरेको हो ।

२०७४ साल फागुन तीन गते बनेको नयाँ सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानसहित सरकार अगाडि बढेको, उच्चस्तरको आर्थिक वृद्धिदर हासिल गरेको, संघीयता कार्यान्वयनलाई तीव्रता दिएको, कानुन निर्माण, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको लगायतका उपलब्धि समावेश गरेको छ ।

सरकारको फागुन ३ गतेको पहिलो बैठकले प्रत्येक स्थानीय तहमा न्यूनतम एउटा उद्योगग्राम स्थापना गर्ने निर्णय गरेको थियो । त्यस्तै प्रत्येक प्रदेशका सदरमुकाममा अत्याधुनिक र सुविधासम्पन्न खेलग्रामसहितको रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो । प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यस्तै यसबीचमा बसेका मन्त्रिपरिषद्का बैठकले नियुक्ति, सिफारिस सम्बन्धी निर्णयहरू बढी गरेका छन् ।  त्यस्तै मन्त्रिपरिषद्ले ४ वटा अध्यादेशहरु जारी गरेको थियो ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन गर्न बनेको अध्यादेश २०७५, वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ लगायतका अध्यादेश स्वीकृत भएका छन् ।

 

यहाँ क्लिक गर्नुहोस

Compiled_100Days

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group