ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र दिवसको अवसरमा ढुंगेलसहित ८ सय १६ कैदीको कैद माफी


एबीसी न्यूज
१५ जेष्ठ २०७५, मंगलबार   ६ : ५४   बजे

काठमाडौं, १५ जेठ ।  विवादका बीच नेता बालकृष्ण ढुंगेलको कैद माफी गर्ने निर्णय भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार कैद माफीको प्रस्ताव स्वीकृत गरेकी छिन्।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले ८ सय १६ कैदीको कैद मिनाहा गरेकी हुन्।  कैद माफीको निर्णय भएको हो।

राष्ट्रपति कार्यालयद्वारा सोमबार बेलुका जारी विज्ञप्तीमा भनिएको छ ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’ राष्ट्रपतिका स्वकिय सचिव शिव भट्टराईका अनुसार सरकारबाट  सिफारिस भएको सबैको कैद माफीको निर्णय भएको छ। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्ध मुद्दा चलेको थियो द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालिन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वाेच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

जसअनुसार गत कात्तिक १४ गते उनी पक्राउ परेका थिए। कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने प्रवाधानअनुसार उनी छुट्न लागेका हुन्। उनी मंगलबार जेलमुक्त हुने छन्।

उनको माफीविरुद्ध परेको रिटउपर सर्वाेच्चले सोमबार समेत त्यससम्बन्धि फाइल झिकाउने आदेश दिएको थियो।

निर्णय गर्नुअघि राष्ट्रपति भण्डारीले परामर्श गरेकी थिइन्। प्रस्ताव लिएर गृहसचिव प्रेमकुमार राई आफैं राष्ट्रपति कार्यालय पुगेका थिए। सबै प्रक्रिया कानुन सम्वत् नै भएको बताएपछि उनले सरकारको प्रस्तावअनुसार ढुंगेललाई पनि कैद माफीको निर्णय गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

कालीमाटीमा आज अधिकांश तरकारीको भाउ स्थिर, केहीमा सामान्य घटबढ

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu