ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला प्रहरी कैदीसँगको प्रेममा परेपछि…..


एबीसी न्यूज
१५ जेष्ठ २०७५, मंगलबार   ८ : १५   बजे

प्रहरी र अपराधी जन्मजात शत्रु हुन् । एउटा प्रहरीको सम्पूर्ण जीवन अपराधीको पछाडी दुगुर्दा दुगुर्दै कट्छ । यी जन्मजात शत्रुबीच सद्भावना र श्रद्धाको सम्बन्ध पनि दुर्लभ सुन्न पाइन्छ । तर वेल्सको जेलको एकजना महिला प्रहरी अधिकारी र कैदीको अफेयरको मामला सार्वजनिक भएको छ । यो मामिला साउथ वेल्सस्थित ब्रिजएण्ड क्षेत्रको एक प्राइभेटको हो, जहाँ एचएम नामको जेलमा २५ वर्षीया शाना क्लीयरी सेवारत थिइन् ।

जेलमा अपहरणको अपराधमा जेल सजाय काटिरहेका २२ वर्षीया कैदी कर्ट जर्मनले पहिले त शानासँग निकट सम्बन्ध बढाउने प्रयास गरे पछि उनी आफैंले कर्टलाई आफ्नो मोबाइल नम्बर दिएर आफै‌ले जेल भित्रको कैदीलाई गोप्यरुपमा निजी मोबाइलबाट म्यासेजहरु पठाउन शुरु गरिन् । दुबैको प्रेम अगाडी बढिरहेको थियो । त्यसैक्रममा जेल प्रशासनले त्यसबारे थाहा पाएपछि ती महिला अधिकारीलाई निलम्बन गर्‍यो ।

कर्टमाथि ७७ वर्षका वृद्धमाथि जान जानेगरी हमला गरेको आरोप छ र उनी त्यसमै १० वर्षको जेल सजाय काटिरहेका छन् । जेल प्रशासनले ती शानालाई निलम्बन गर्नुका साथै कर्टलाई जेलभित्र मोबाइल लुकाएर राखेको भन्दै थप ६ महिना जेल सजाय थप गरेको छ ।

उक्त मामिलामाथि छानबीन भएपछि कर्टले शानालाई पछिल्लो वर्षको अगस्ट महिनामा पहिलो पटक फोन गरेको खुलासा भयो ।

छानबीनको क्रममा शानाको मोबाइल र ल्यापटप जफत गरिएको छ र त्यस मामिलामा थप छानबीन हुँदैछ । १६ हप्ताका लागि निलम्बन गरिएको शानाले १५ दिनका लागि सुधारगृहमा समय बिताउनुपर्ने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group